logo
17 Nov 2018   |   
अर्थ / व्यापार

बारामा सञ्चालीत माछा सुपरजोनमा व्यापक अनीयमीतताको आशका



अर्थ / व्यापार   57 पटक पढिएको   मुकेश शाह     
बारा १७ कार्तिक // बारा जील्लाको सिम्रोनगढ तथा पचरौता क्षेत्रमा सञ्चालित प्रधानमंन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत माछा सुपरजोन कार्यक्रममा व्यापक अनीयमीतता तथा भ्रष्टाचार गुनासो बढेको छ ।




सुपरोजोनमा हरेक बर्ष आउने करौडौ रकमको अनुदान लक्षीत वर्ग सम्म पुग्न सकेको छैन । सुपरजोन सञ्चालक समिति गठन गर्दादेखीनै सिमित व्यवसायीहरुको संलग्नता रहेपछी अहीले सुपरजोनका कार्यक्रम प्रभावकारी हुन नसेको गुनासो बढेको छ ।

अघील्लो आर्थीक बर्षमा सो परियोजनामा विनियोजीत रकम फ्रीज नै भयो तर यस आर्थीक बर्षमा सरकारले विनियोजन गरेको रकम लक्षीत बर्गमा पुग्न सकेको छैन । सुपरोजन सञ्चालक समितिका अध्यक्ष जालान्धर सिंहको कमजोरीका कारण लक्षित किसान सम्म योजना पुग्न नसेकेको बताइएको छ ।

सुपर जोनका प्रमुख गणेश मिश्र र संञ्चालक समितिका अध्यक्ष जालन्धर सिह को मिलोमतोमा माछा सुपरजोनको बजेट दुरुपयोग गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । 

कार्यक्रम प्रभावकारी नहुदा किसानले मापदण्ड अनुसारको पोखरी निर्माण तथा आईसप्लान्ट नीर्माण गर्न सकेका छैनन्् ।

 स्थानीय श्यामबाबु प्रसादले १४ लाख रुपैया बराबरको आईसप्लान्ट निर्माणको काम अन्तीम चरणमा पु¥याएपनी पहीलो किस्ता स्वरुप तीन लाख रुपैया मात्र पाएको बताएका छन ।

किसान श्यामबाबु जस्तै बारामा धेरै माछापालक किसान अलमलमा परेका छन ।

परियोजनाका केही कर्मचारी र संञ्चालक बिरुद्धमा जिल्ला प्रशासन कार्यलय बारा, अख्तियार दुरुपयोग अनुशन्धान आयोन र सुपर जोन परियोजनाको संम्बन्धित निकायमा किसानले उजुरी गरेपनि छानविन प्रकृया ओझेलमा परेको गुनासो छ ।

दैनिक चारलाखको माछा निर्यातगर्ने जय अंम्बे माछा फर्मलाइ निरुत्साहित गर्दै समितीका केही पदाधिकारिलाई मात्र माछा उत्पादनमा बजेट अनुदान सहयोग गर्ने गरेको  अंम्बे फर्मका  संञ्चालकको आरोप छ ।

बारा स्थित माछा सुपरजोनका अध्यक्ष जालन्धर सिहले भने आफुले नियम संगत काम गरेको र आरोपहरु निराधार रहेको प्रतिकृया दिएका छन ।

सुपर जोनका बजेट काम गर्न नसकेर केही फ्रिज भएको जानकारी दिएका छन ।

   सुपरजोनका का प्रमुख  गणेश मिश्रले  काम राम्रैसंग भैरहेपनी सामान्य कुराहरुलाई केही व्यक्तिहरुले ठुलो बनाईएको र आफुहरुले बोल्दा केही त्रुटी भएको स्मरण गर्दै यस बिषयमा बसेर छलफल गर्नुपर्ने धारणा राखेका छन ।













1874900 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top