कालीकोट जिल्लामा ३३३ जनामा कडा कुपोषण
समाज


कालीकोट जिल्लामा ३३३ जनामा कडा कुपोषण

समाज 127 पटक पढिएको प्रकाशित मिति:



कालीकोट  जिल्लामा ३३३ जनामा कडा कुपोषण

कालीकोट लगायत दुर्गम जिल्लाहरुमा गत साउन २५ गतेदेखि कडा कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम चलिरहेको छ ।

 यसले कुपोषणबाट ग्रसित बालबालिकालाई पौष्टिक आहारको जोहो गरी रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गराउँछ ।

तर, प्रभावकारी भनिएको सरकारी कार्यक्रमलाई गिज्याउँदै कालीकोटमा एक साताको अवधिमा दुई बालिकाले कुपोषणकै कारण ज्यान गुमाएका छन् । जिल्ला अस्पतालमा सुशीलाको मृत्यु भएको दुई दिनअघि च्युना गाविसस्थित कुपोषण बिशेष उपचार केन्द्रमा अर्का बालकले मृत्युवरण गरे । उनको पनि अवस्था सुशीलाकै भन्दा फरक थिएन ।

कुपोषण व्यवस्थापन कार्यक्रम लागू भएपछि यसबाट ग्रसितहरुको लगत राख्न सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर ३३३ जना कडा कुपोषणबाट ग्रसित बालबालिकाको पहिचान गरेको छ ।

उनीहरुको उपचारका लागि ७ स्थानमा विशेष उपचार केन्द्रको स्थापना गरिएको छ । जिल्लाको धौलागह, च्युना, मेहलमुडी, कुमालगाउँ, गेला र राँचुली गाविस तथा जिल्ला अस्पताल मान्ममा विशेष उपचार केन्द्र छन् ।

      फोटो :  कुपोषणबाट ग्रसित कालीकोट सीपखाना गाविसकी १४ महिनाकी सुशीला योगी |

साभार :अनलाइन खवर बाट




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 NEXT

English News



1171281 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top