logo
19 Dec 2018   |   
खेलकुद

रियलले मेलिल्लालाई ४–० गोलले पराजित



खेलकुद   23 पटक पढिएको   कलमपाटी     
सान्टियागो सोलारीले रियल म्याड्रिडको अन्तरिम प्रशिक्षकको रुपमा विजयी शुरुवात गरेका छन् ।



कोपा डेल रेको अन्तिम ३२ को खेलमा युडी मेलिलालाई ४–० गोलले पराजित गर्दै रियलले सहज जित हासिल गरेको हो । रियलको जीतमा करिम बेन्जेमा, मार्को असेन्सियो, अल्भारो ओर्डिजोला र क्रिस्टो गोन्जालेजले गोल गरे ।

खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एसेन्सियोले खेलको ४५ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । रियलका लागि खेलको ७९ औं मिनेटमा ओड्रिओजोलाले गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा गोन्जालेजले गोल गरेपछि रियलले खेल ४–० गोलअन्तरले जितेको हो ।












2177342 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top