logo
19 Dec 2018   |   
राजनीति

नेपाली काग्रेसको कार्यकर्ता भेला सम्पन्न



राजनीति   52 पटक पढिएको   कलमपाटी     
रौतहट १३ कार्तिक// नेपाली काग्रेस रौतहटले मंगलवार कार्यकर्ताहरुको जिल्ला भेला आयोजना गरेको छ ।




जिल्लाको दुर्गाभगवती गाउपालिकाको पिपराबजारमा आयोजना भएको भेलामा नेपाली काग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइराला प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा सम्वोधन गर्दै नेता कोइरालाले सरकारको कार्यशैली हेर्दा सरकार फेल भैसकेको धारणा राखेका छन ।

बहुमतको बर्तमान सरकारले जनपक्षिय काम गर्न नसेको नेता कोइरालाको आरोप रहेको छ । देशमा हत्या हिंसा , बलत्कार जस्ता घटनाहरु बढ्दै गएको र सरकारले अपराधीहरु लाइ कार्वाही गर्न नसकेको नेता कोइरालाले बताएका छन ।




काग्रेस भित्र केही समस्याले गर्दा सरकार चलाउने पार्टी बन्न नसकेको बताउदै उनले आउदो निर्वाचनमा काग्रेस लाइ जिताउन उनले आग्रह समेत गरेका छन । सो कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य तथा प्रबक्ता बिश्वप्रकास शर्माले कम्न्युष्टको सरकारले जनताको चाहाना भन्दा पनि दुख दिने काम मात्रै गरेको आरोप लगाएका छन । उनले पनि सरकार फेल भैसकेको बताए । 

प्रधानमन्त्री आफैले कोही कसैले टेर्दैनन भनेर भन्नुले बर्तमान सरकार प्रति जनता आशाबादी हुन नसक्ने उनको धारण रहेको थियो ।






कार्यक्रममा बर्दियाबाट बिजयी संसदहरु संजय गौतम रौतहटका संसद देव प्रसाद तिमल्सेनाले मन्तव्य राखेका थिए । यस्तै भेलामा नेपाली काग्रेसबाट रौतहटका बिभिन्न स्थानिय तहमा निर्वाचित मेयरहरु तथा प्रदेश सभाका सदस्यहरुले मन्तव्य राखेका थिए ।



ठुलो सख्यामा उपस्थित रहेको कार्यकर्ताहरु बिच जिल्ला तथा प्रदेश तहका नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम जिल्ला सभापती कृष्ण प्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।











2176788 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top