logo
19 Nov 2018   |   
राजनीति

मानव अधिकार तथा शान्ति समाज रौतहटको सभापतीमा कोइराला



राजनीति   32 पटक पढिएको   कलमपाटी     
रौतहट २९ असोज // मानबअधिकार तथा शान्ति समाज रौतहटको तेस्रो अधिवशनले रबिनचन्द्र कोईरालाको सभापतित्वमा नया कार्यसमिति गठन गरेको छ । सोमवार रौतहटको चन्द्रपुर–६ स्थित जनज्योति बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको अधिवेशनले उपाध्यक्षमा जनकराज भारती, सचिब सुबास कोईराला, सहसचिब गीता भारती, कोषाध्यक्ष जयमाला चौधरी चयन भएका छन ।



सदस्यहरुमा हरिकृष्ण काफ्ले , नरेश लामिछाने, जीतेन्द्र चौधरी, नीर्मल भण्डारी, पुजन सत्याल, शैलेन्द्र तिबारी, शम्भु थापा, पार्बती मैनाली , सीता गौतम, र दलित सदस्यमा नारायण बिश्वकर्मा चयन भएका छन ।

अधिवेशनको प्रमुख अतिथी मानव अधिकार तथा शान्ति समाज का केन्द्रिय सदस्य अनन्त कोईरालाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

सो अधिवेशनमा  निर्बाचन समितिको संयोजकमा नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य सञ्जय कार्की सदस्यहरु नेबिसघका केन्द्रिय सदस्य नबराज देबकोटा र समाजका सदस्य कालुमान शाही रहेका थिए । 






नव निर्वातिच  सभापति रबिनचन्द्र कोईरालाले  समाज प्रति पुर्णरुपमा सकृय भएर काम गर्दै जाने र लोकतान्त्रिक मुल्य र मान्यता लाइ आत्मसात गर्दै मानव अधिकार र शान्तिका लागी आफ्नो समितीले काम गर्ने बताएका छन ।


नव निर्वाचित सभापती रविनचन्द्र कोइराला

कार्यक्रममा प्रेस युनियनका  अध्यक्ष यादबराज पुरी, होटल ब्यबसायी महासंघका महासचिब उदय सापकोटा, नेपाली काग्रेस उप सभापती केदार थापा, जनज्योति बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका सभापति संगम श्रेष्ठ, नेपाली काग्रेस चन्द्रपुरका सचिव निलहरी कोइराला, तरुण दल चन्द्रपुरका अध्यक्ष गंगा ठोकरको आतिथ्यता रहेको थियो ।










1899517 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top