logo
19 Nov 2018   |   
समाज

चन्द्रपुर ७, ९ र १० वडामा शौचालय सामाग्री बितरण गर्न वडा अध्यक्ष नै खटिए



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट २८ असोज // रौतहट चन्द्रपुर ७, ९ र १० वडामा शौचालय बनाउने सामाग्री बितरण नै नगरी भुक्तानी लिएको खुलासा भएपछि ति वडाका वडा अध्यक्षहरुले अहिले सामाग्री बितरण गर्न थालेका छन ।




नगरपालिकाले वडा कार्यालय मार्फत २५ लाख भन्दा बढी रकम को शौचालय बनाउने रिङ्ग र ढकन, प्यान सिट बितरण गरेको भन्दै रकम भुक्तानी दिएको थियो ।

ति वडाहरुको गरिव तथा दलित बस्तिका मानिसको किर्ते सहीछाप गरेर सामाग्री बुझेको भर्पाइ बनाएर रकम निकासा भएको थियो ।

उपभोक्ता समिती मार्फत भएको कामको अनुगमननै नगरी वडा अध्यक्षहरुले भुक्तानीको लागी नगरपालिकालाइ सिफारीस गरेका थिए ।

चन्द्रपुर नपा  १० नम्वरका जयराम चौधरी, ९ का गोबिन्द दुलाल र ७ का बिष्णु उप्रेतीले दुइदिन अघि देखी सामाग्री बितरण गर्न थालेका हुन ।

वडा अध्यक्ष हरुले उपभोक्ता समितीहरुले बदमासी गरेको स्विकार गर्दै आफुहरुले अनुगमन नगरी भुक्तानीको लागी सिफारीस गर्नु भुल भएको बताएका छन ।

उनीहरुलाइ नेपाली काग्रेस नगर कमिटीले  ध्यानाकषर्ण गराएको थियो भने बिभिन्न सचारमाध्यमहरुमा उक्त बिषयमा समाचार प्रकाशित भएको थियो ।

सामाग्री बितरण गर्ने भन्दै चैत बैसाखमा निवेदन र बिवरण लिएको र त्यही नाममा किर्ते सहीछाप गरेर असार अन्तिममा रकम निकासा गरीएको थियो ।





डुमरीयामा रहेको करीव ५० घर भएको बस्तिका दुइ जना लाइ  तीन वटाको दरले रिङ्ग र एक थान प्यान सिट दिएर बस्तिका सवैको किर्ते हस्ताक्षर र औठाछाप गरेर भर्पाइ बनाइएको थियो भने वडा नम्वर ७ को मुसहर टोलमा ३० घर भन्दा बढी लाइ सामाग्री नदिइ किर्ते भर्पाइ गरेर कागजात पेश गरीएको थियो ।

उक्त वडाहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भए पछि केही दिन अघि नगर नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको थियो ।





वडा अध्यक्षहरु विवादमा मुछीए थिए । दुइ दिन अघि देखी उनीहरु आफै सामाग्री बितरणमा खटीएका छन । आइतवार बिहान ७ नम्वरको मुसहर बस्तिमा सामाग्री बितरण गरीएको छ भने वडा नम्वर ९ को डुमरीयामा रहेको मुसहर टोलमा पनि रिङ्ग , ढकन वितरण गरीएको छ ।




वडा नम्वर ९ का अध्यक्ष गोबिन्द दुलाल मुसहरबस्तिमा सामाग्री बाड्दै //










1899519 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top