logo
19 Dec 2018   |   
अर्थ / व्यापार

उधोग वाणिज्य संघ गरुडाको अध्यक्षमा हरेन्द्र जयसवाल बिजयी



अर्थ / व्यापार   28 पटक पढिएको        
रौतहट १२ असोज// जिल्लाको मध्यभाग गरुडा स्थित उधोग बाणिज्य संघको अध्यक्षमा हरेन्द्र जयसवाल बिजयी भएका छन ।



 बिहिवार भएको निर्वाचनको मतगणना अनुुसार हरेन्द्र जयसवाल निकटतम प्रतिद्धन्दी रामजी साह सोनारलाई एकसय ३९ मतले पराजित गरेर बिजयी भएका हुन ।

 जयसवालले कुल चारसय पाँच मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी सोनारले दुुईसय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत गंगाधर लाल कायस्थले जानकारी दिएका छन ।

 त्यसैगरी सतिस साह,मिश्रीलाल साह,फेकन जयसवाल,मर्धेन्द्र दास, लगायत सातजना हरेन्द्र जयसवाल पक्षका सदस्यमा निर्वाचित भएका छन ।

 त्यसैगरी संतोष जयसवाल लगायत तीनजना रामजी साह पक्षका सदस्यमा बिजयी भएका छन ।

 

उधोग बाणिज्य संघ गरुडा शाखामा सातसय ५९ मत रहेकोमा बिहिवार भएको मतदानमा  ६ सय ६९ जनाले मत दिएका थिए ।













2177447 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top