साहित्य


कवि सञ्जय मित्रको बज्जिका काव्यकृति विमोचित

साहित्य 127 पटक पढिएको प्रकाशित मिति:


कवि सञ्जय मित्रको बज्जिका काव्यकृति विमोचित

कलमपाटी १९ कार्तिक कवि सञ्जय मित्रको बज्जिक काव्यकृतिको विमोचन गरिएको छ । व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं लेखक प्रभु साहले मित्रद्वारा लिखित क्रोधसे बोधतक बज्जिका कविता संग्रहको विमोचन गरेका छन् ।

बारा, रौतहट तथा सर्लाही जिलामा बोलिने बज्जिका भाषाको साहको दोस्रो कृतिलाई विमोचन गर्दै नेता साहले बज्जिका भाषाको विकासमा धेरैजना लागि सकेकाले बज्जिका साहित्य र संस्कृतिको अब विकास हुने बताएका छन् ।
शुक्रवार विमोचित कृति समेत मित्रको यो छैठौँ कृति हो ।

 यसअघि पच्चीस डेङ कविता संग्रह, रौतहट परिचय, नेपाली व्याकरण, नेपालमा बज्जिका भाषा र मुनामदन खण्डकाव्यको बज्जिकानुवाद प्रकाशित भइसकेको छ । नयाँ कृतिमा बज्जिका भाषाका गद्यशैलीका छब्बीसवटा आधुनिक कविता समेटिएका छन् ।
बज्जिका भाषा विकास परिषद नेपालको आयोजनामा रौतहटको शिवनगरमा आयोजित कार्यक्रममा साहले विजय यादव निर्बिजको प्रकाशोन्मुख बज्जिका उपन्यास प्रतिमाको व्यानरलाई सार्वजनिकीकरण गरेका छन् । आजदेखि प्रथम बज्जिका उपन्यास प्रतिमाको प्रचार प्रसार सुरु भएको उपन्यासकार निर्बिजले बताएका छन् ।

परिषदका अध्यक्ष शिवचन्द्र प्रसाद शाहको अध्यक्षतामा रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा आयोजित कार्यक्रममा बज्जिका प्रचार प्रसार समितिका संयोजक योगेन्द्र प्रसाद यादव, बज्जिका भाषा विकास परिषद नेपालका उपाध्यक्ष लालबाबु साह, रौतहट साहित्यकार राम अधार पासवान, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशु, बज्जिका भाषा शिक्षक प्रतिष्ठानका अध्यक्ष सफिन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा र संस्कृतिको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गायक तथा कलाकार विजय यादव निर्बिजले बज्जिका उपन्यास बज्जिका भाषा र संस्कृतिको संगम भएको बताएका छन् । कार्यक्रममा जिल्लाका संचारकर्मी, बज्जिकासेवी, समाजसेवी, व्यावसायी लगायतको निकै ठूलो उपस्थिति रहेको थियो ।

 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



644142 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top