logo
16 Dec 2018   |   
समाज

तीन बर्षमा सक्नुपर्ने पुल ५ बर्षमा पिलर मात्रै !



समाज   26 पटक पढिएको   कलमपाटी     
गौर १० भदौ // रौतहटको सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको ५ बर्षमा पिलर मात्रै बनेको छ । तीन बर्षमा सक्नु पर्ने पुल पाचबर्ष बित्न लाग्दा पनि यस्तो हालतमा छ ।



गएको २०७४ असार २५  भित्र सो पुलको निमार्ण गरी सक्नुपर्ने भए पनि हाल सम्म पिलर मात्रै निमार्ण भएको छ ।

निर्माणको ठेक्का पाएको पप्पु कन्टक्सनले गएको २०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि सम्झौता गरेको थियो । 

पप्पु कन्सट्रक्सनले पुल बनाउन ढिला गरेको भन्दै कन्टक्सनको स्थानियले आलोचना गरेका छन । 

पुल नबनेकाले डुगा दुर्घटना भएको र मानिसको ज्यान गएको भन्दै स्थानियबासी आक्रोसित बनेका छन ।

शनिवार साझ पुलको निमार्णधिन पुलको पिलरमा डुगा ठोक्किएर डुगा दुर्घटना भएको थियो ।

 उक्त पुल दुइ सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन । निर्माणको ठेक्का  पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयामा ठेक्का पाएको थियो ।

 ठेकेदारले पुल निर्माणमा लार्पबाही गरे पछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते सम्झौता अनुसार कामगर्न पत्राचार समेत गरेको थियो ।

सडक कार्यालयले पुन चैत ६ गते अर्को पत्र पठाएर काम चित्त बुझदो नभए सार्वजनिक खरिद ऐन अनुसार कारवाही हुने चेतावनी दिदै त्यसपछि गएको चैत २५ गते ७ दिन भित्र प्रगति विवरण माग गरेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश प्रमुख सुमनले जानकारी दिएका छन ।

उक्त स्थानमा पुल नबन्दा बन्जहरा, औरैया, मठिया, जोकाहा, जेठरहियया लगाएत बासिन्दा पिडित छन ।

फोटो : पप्पु कन्टक्सनले अलपत्र पारेको पुल ।













2147515 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top