logo
17 Feb 2019   |   
अनौठो संसार

चिडियाखानामा पर्यटक बढाउन गधालाई बनाइयो जेब्रा, ठूलो कान देखेर यसरी भयो पर्दाफास



अनौठो संसार   35 पटक पढिएको        
मिश्रको राजधानी काहिरामा एक चिडियाघरका कर्मचरीले पर्यटकको संख्या बढाउनका लागि गधालाई कालो–सेतो पेन्ट गरेर जेब्रा बनाएका छन् । यद्यपी, एक छात्रले यसबारे थाहा पाएपछि उनले गधाको फोटो सोसल मिडियामा पोष्ट गरिदिए । त्यसपछि चिडियाघर प्रशासनको अत्यधिक मजाक उडाइएको छ ।



काहिरामा बस्ने महमूद–ए–सराहनी जुलाई २१ तारिखमा इन्टरनेशनल गार्डन पार्क गएका थिए । त्यहाँ उनले कालो सेतो धर्का भएको एउटा जनावर देखे जसलाई धेरै मानिसहरुले जेब्रा ठानेका थिए । त्यो जनावरको ठूलो कान र व्यवहार देखेर उनलाई शंका लाग्यो । केही समयपछि महमूदलाई थाहा भयो कि चिडियाघर प्रशासनले गधामाथि कालो–सेतो पेन्ट गरेको थियो । उनले यसको एउटा फोटो फेसबुकमा राखे जुन भाइरल भयो ।

पार्क प्रशासन गल्ती मान्न तयार छैनन्ः

पशुका विभिन्न डाक्टरले पनि त्यो जनावरलाई गधा भएको पुष्टि गरे तर पार्कका निर्देशक मोहम्मद सुल्तान गल्ती मान्नका लागि तयार छैनन् । उनका अनुसार कुनै पनि जनावरमाथि यस्तो गरिएको छैन ।

मिश्रको अर्को एक चिडियाघरले यस्तो गरिसकेको छः

मिश्रको अर्को एक चिडियाघरमा सन् २००९ मा दुईवटा गधालाई पेन्ट गरेर जे्रबा बनाइएको थियो । वास्तवमा, उनीहरुको खान नपाएका कारण मृत्यु भएको थियो र प्रशासन आफ्नो लापरवाही लुकाउन चाहन्थ्यो ।

एजेन्सी












2468791 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top