फाइनल खेलमा रौतहट बिजयी
खेलकुद


फाइनल खेलमा रौतहट बिजयी

खेलकुद 124 पटक पढिएको प्रकाशित मिति:



 फाइनल खेलमा रौतहट बिजयी

चन्द्रपुर ३ साउन// रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ ।

कैलाली लाइ १ गोलले पछि पार्दै रौतहट बिजयी भएको हो । रौतहटकी जर्सी नम्वर १० की लक्ष्मि घिसिङ्गले पहिलो हाफमा नै गोल गरेकी हुन ।

फाइनलमा पुगेको रौतहटले बारा, कन्चनपुर र कास्किलाइ हाएको थियो भने कैलालीले झापा र मोरङ्गलाइ हराउदै फाइनलमा पुगेको थियो ।

फाइनल खेलको उत्कृष्ठ खेलाडी रौतहटकी मनिषा राउत र प्रतियोगिता कै उत्कृष्ठ खेलाडी रौतहटकै अस्मिता बैध घोषित भएकी छिन । उनीहरु लाइ जहनी पाच हजार पुरस्कार प्रदान गरीएको छ ।

बिजेता तथा उपबिजेता टिम लाइ एन्फाका उपाध्यक्ष बिर बहादुर खड्का तथा रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले पुरस्कार तथा शिल्ड बितरण गरेका छन ।

फुटवल समापन कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , उपमेयर रामरती चौधरी, लगाएत ४,६का वडा अध्यक्षहरु बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

रौतहटको चन्द्रपुर नगरपालीका ६ स्थित स्व.शेरबहादुर दर्लामी खेल मैदानमा  असार २७ गते बाट शुरु भएको राष्टिय महिला फुटवल खेल अखिल नेपाल फुटबल संघको आयोजना तथा रौतहट फुटबल संघको ब्यवस्थापनमा संचालन भएको रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन ।

उक्त प्रतियोगितामा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलालीका महिला फुटवल टिम सहभागी भएको रौतहट फुटबल संघका महासचिव मधुसुधन धितालले जानकारी दिएका छन ।

 फोटो ः फाइनल खेलमा प्रतिस्पर्धा गर्दै (रातो) रौतहट र (सेतो) कैलाली का खेलाडीहरु ।   





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



1378603 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top