logo
16 Nov 2018   |   
राजनीति

डोमको घरमा बिजुली मिटर जडान गर्छु : उर्जा राज्यमन्त्री भगत



राजनीति   127 पटक पढिएको        
कलमपाटी १३ कार्तिक डोमको घरमा बिउर्जा राज्यमन्त्री सत्यनारायण भगतले गरीविको चपेटामा रहेको डोम जातीको घरमा बिजुली मिटर जडान गर्ने बताएका छन ।




नेकपा माओबादी केन्द्र निकट नेपाल दलित राष्ट्यि मुक्तीमोर्चा रौतहटले  गरुडामा दिपावली,तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई शुक्रवार बोल्दै उर्जामन्त्री भगतले सो कुरा बताएका हुन ।

 माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका भगतले पार्टीलाई यहाँसम्म पुरयाउनुमा दलितको भुमिका महत्वपुर्ण रहेको चर्चा गरेका थिए ।
दलितहरुको हकहितमा कामगर्ने दलित मुक्तीमोर्चाको दक्षिण एसियामै अग्रणीभुमिका रहेको उनले प्रस्टयाएका थिए । मन्त्री भगतले जिल्लामै अति पिछडिएका डुमजातीका सबै घरमा निशुल्क बिधुत मिटर जडानगर्ने उनले घोषणा गरेका छन ।
माओबादी केन्द्रका जिल्ला अध्यक्ष बिन्देशवर यादव,दलित मुक्तीमोर्चाका केन्द्रिय सचिव रामकुमार पासवान, प्रदेश नं २ का ईन्चार्ज लवकुश बैठा,लगाएतले शुभकामना मन्तब्य राखेका थिए । मोर्चाका जिल्ला अध्यक्ष रामनाथ माझीको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।












1871042 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top