logo
12 Nov 2018   |   
राजनीति

भारतिय राष्ट्रपतिको नेपाल भ्रमण तालिका



राजनीति   127 पटक पढिएको        
काठमाण्डौ १३ कार्तिक / कार्तिक १७ देखि १९ गते सम्म हुने भारतिय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले शनिवार सार्वजनीक गरेको छ ।




कात्र्तिक १७ गते बुधवार मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने राष्टपती मुखर्जी लााई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेबी भण्डारीले स्वागत , बुधवार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने , भेटवार्तापछि भारतीय राष्ट्रपति मुखर्जी उनको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम छ ।

त्यस पछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन ।  प्रधानमन्त्री पुष्पकमाल दाहालले गरेको रात्री भोजमा सहभागी हुने कार्यक्रम छ ।
दोस्रो दिन कात्तिक १८ गते भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गर्ने र  सोही दिन काठमाडौं विश्वविद्यालयले प्रदान गर्न लागेको मानार्थ विद्यावारिधिमा सहभागी हुने छन ।

नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले  आयोजना गर्ने सेमिनारलाइ सम्वोधन गर्ने तथा बिधिन्न पार्टीका नेताहरु लाइ भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको तेस्रो दिन कात्तिक १९ गते बिहान जनकपुर जाने र  जनकपुरको जानकी मन्दिरमा पूजा गरेपछि राष्टपती मुखर्जी  नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने छन ।  त्यसपछि उनी सिधै पोखरा जाने छन भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं फर्किएपछि त्यसै दिन कात्तिक १९ गते बेलुका भारत फर्कने कार्यक्रा रहेको छ ।












1837790 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top