logo
15 Nov 2018   |   
समाज

ब्रिटिश गोर्खा सैनिकमा महिला पनि भर्ती हुन पाउने !



समाज   127 पटक पढिएको        
काठमाडौं : ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको छ ।




बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको सन्डे टाइम्सले जनाएको छ ।

अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ने र त्यसको तालिम २०२० को बसन्त ऋतुबाट सुरु हुने समाचारमा उल्लेख छ ।

पुरुष र महिलाहरुका लागि भर्ना छनोट प्रक्रिया र तालिममा भने फरक हुने छैन । ब्रिटिश गोर्खा सैनिकको भर्ना हुनुअघि र भर्ना भइसकेपछि कठोर तालिम गनुपर्छ ।

भर्ना हुन इच्छुक उम्मेदवारहरुलाई ५५ एलबी अर्थात् झण्डै २५ किलो बालुवाको भारी बोकाएर पहाडमा दौडाइन्छ । भारी बोकेर करिब तीन माइलको दुरी उनीहरुले ४८ मिनेटमा पूरा गर्नुपर्दछ ।

राम्रो तलब सुविधा हुने भएकाले नेपाली युवाहरुमा पनि ब्रिटिश सेनाको जागिरप्रति आकर्षण छ । साभार अनलाईन खबर











1858301 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top