logo
19 Dec 2018   |   
समाज

पाच जिल्लाका १० हजार भन्दा बढी किशोरी बिद्यालयमा भर्ना



समाज   78 पटक पढिएको   कलमपाटी     
रौतहट // पांच जिल्लामा किशोरी शिक्षाको माध्यमबाट यस बर्ष १० हजार भन्दा बढी किशोरीहरु बिद्यालयमा भर्ना भएका छन । बुधबार रौतहटको चन्द्रनिगाहपुरमा किशोरी शिक्षा कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ ।



प्रदेश नम्वर २का  रौतहट,पर्सा,बारा,महोत्तरी धनुषा जिल्लामा संचालित किशोरी शिक्षाको कक्षामा सहभागी १० हजार ७ सय ३६ किशोरीहरु बिद्यालयमा भर्ना भएका हुन ।

युनिसेभको आर्थिक सहयोगमा र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं. २ का पाच जिल्लामा   किशोरी शिक्षा कार्यक्रम संचालनमा छ ।

युनिसेभकी प्रदेश नं. २ की फिल्ड प्रमुख अनिता दाहालले किशोरीहरुलाइ आत्मनिर्भर बनाउन शिक्षामा जोड दिनुपर्ने बताइकी छिन ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले प्रदेश नम्वर २ को सरकारले बेटी बचाऔ बेटी पढाऔ कार्यक्रम ल्याएको बताउदै किशोरी शिक्षा पनि यस्तै कार्यक्रम लाइ सहयोग गर्ने अभियान भएको बताउका छन ।

कार्यक्रममा पाच जिल्लाका  ४१ वटा नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुखहरु ,  प्रदेश ससदहरुको सहभागिता रहको थियो । पत्रकार महासघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने सहभागी थिए ।

कार्यक्रममा युनिसेभ नेपालकी शिक्षा अधिकृत बिमला मानन्धर र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका कार्यक्रम संयोजक  अनुरोध साहले सहजीकरण गरेका थिए ।













2174055 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top