राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न
खेलकुद


राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न

खेलकुद 47 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न

रौतहट २५ असार // राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समिति रौतहटको आयोजनामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुदको माध्यमबाट महिला सशक्तिकरण र आत्मारक्षा गर्ने उपाय सिकाउने उद्धेश्यले संचालन गरिएको सो कार्यक्रमको आज समापन भएको छ । 

तीनदिने उक्त कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरीले 

 महिलाहरुलाई सक्षम र सवल बनाउन यस्ता कार्यक्रमले निर्णायक भूमिका खेल्ने बताएकी छिन ।

यस्ता कार्यक्रमले महिला हिसांमा कमि ल्याउन मद्धत पुग्ने समेत उनले बिश्वास लिएकी छिन ।

 चन्द्रपुर नगरपालिकाले आगामि नगरपरिषद्बाट खेलकुदको क्षेत्रमा प्रयाप्त वजेट छुट्टाउने तयारी गरिरहेको उपमेयर चौधरीले जानकारी दिएकी छिन ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा सो कार्यक्रमको सभापति बालकृष्ण श्रेष्ठले दिनानुदिन बढिरहेको महिला हिंसामा कमि ल्याउन , उनीहरुमा नेतृत्व क्षमताको विकास गर्न र हरेक क्षेत्रमा महिलाहरुलाई सक्षम बनाउँन यस्ता कार्यक्रमहरुले प्रभावकारी भूमिका खेल्ने बताएका छन ।

कार्यक्रममा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी , तेक्वान्दो संघ रौतहटका अध्यक्ष विरु राना , खेलकुद महासंघ रौतहटका अध्यक्ष बाबुराम दाहाल , बागमती माविका प्रधानाध्यापक गोपिकृष्ण खतिवडा , बाल निकेतन माविका खेल शिक्षक सोनम लामा लगायतको आतिथ्यता रहेको थियो । असार २३ गतेदेखि सुरुभएको उक्त कार्यक्रममा जिल्लाका दुर्गा मावि ठाडाटोल , जनज्योति मावि , बागमति मावि लगायतका सरकारी विद्यालय तथा निजीतर्फ बाल निकेतन माविका गरि १६० छात्राहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विरेन्द्र ढुंगानाले जानकारी दिए ।

 सहभागि छात्राहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रदिप श्रेष्ठ , रण बहादुर लामा तथा चिन कुमारी सिवाकोटीले प्रशिक्षण दिएका थिए ।

यो कार्यत्रम रौतहट सहित ३६ वटा जिल्लामा संचालन भएको राष्ट्रिय खेलकुद परिषद्की चिना कुमारी सिवाकोटीले जानकारी दिएकी छिन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



1376280 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top