बंकुलमा बाटो बनाउने क्रममा दुइपक्ष बिच झडप
समाज


बंकुलमा बाटो बनाउने क्रममा दुइपक्ष बिच झडप

समाज 122 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



बंकुलमा बाटो बनाउने क्रममा दुइपक्ष बिच झडप

रौतहट १० असार // बौधिमाई नगरपालिकाको बंकुलमा सडक बिस्तार र ढलान गर्ने क्रममा झडप हुदा तीनजना घाइते भएका छन । दुइ जनाको गम्भिर घाइते भएका छन ।

वडा कार्यालयले जर्वजस्ति बाटो बढाएर निजी जनिममा क्षेती पुर्याएको भन्दै शनिवार साझ दुइ पक्ष बिच झडप भएको हो ।

 घाइते मध्ये दुइ जना लाइ थप उपचारको लागी बिरगज पठाइएको छ ।

 वडा नं ७ का अध्यक्ष बिजय कुश्वाहाले जवरजस्ती निजी जमिन बाट बढी चौडा पारेर सडक निमार्ण गर्न लागेको भन्दै  जग्गाधनी शिव गोबिन्द कुश्वाहाले बिरोध गर्दै आएका थिए ।

झडपमा शिव गोविन्द कुश्वाहा, महानन्द कुश्वाहा, रामेश्वर कुश्वाहा घाइते भएका छन ।

वडाअध्यक्ष बिजय कुश्वाहा पक्षका व्यक्तिहरुले धारीलो हतियार प्रहार गरी घाइते बनाएको पिडितहरुको आरोप रहेको छ ।

वडाको बजेट ५० लाखमा  ५ सय मिटर सडक ढलान गर्ने योजना रहेको र १५ मिटर ढलान गर्न बाकी हुदा काममा अवरोध गरेपछि विवाद उत्पन्न भइ झडप भएको वडा अध्यक्ष कुश्वाहले जानकारी दिएका छन ।

 बाटो निमार्ण गर्ने र अवरोध गर्ने दुवै पक्ष बिच झडप भएको उनले बताएका छन ।

 घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार दानीले जानकारी दिएका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1705743 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top