logo
14 Dec 2018   |   
समाज

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



समाज   16 पटक पढिएको        
काठमाडौं : भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ छन् ।




बिहीबार बिहान साढे ३ बजेतिर ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ५५ प २५२७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायालाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा घाइते श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार भक्तपुरमै बस्ने बाग्लुङका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ । साभार अनलाईन खबर











2139702 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top