दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा
समाज


दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा

समाज 71 पटक पढिएको प्रकाशित मिति:



दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ र १० लाई मंगलबार वाल विवाह मुतm वडा घोषणा गरिएको छ । जनसेवा नेपाल रौतहटको सहजिकरण, चन्द्रपुर नगरपालिकाको समन्वय, प्लान ईन्टनेशनलको सहयोग तथा वडा कार्यालयको संयुतm आयोजनामा वाल विवाह मुतm वडा घोषणा गरिएको हो ।


चन्द्रपुर १० स्थित नमुना सामुदायिक भवनको प्राङ्गणमा एक समारोहका बिच वाल विवाह मुतm वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य धनलाल ठोकरले वडा मात्र नभई, नगर हुदै जिल्लालाईनै बालविवाह मुतm गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।

बालविवाह गरे कानुनी कारवाहीको भागिदार हुने भन्दा पनि अपराधका कार्य नगर्न तर्फ जनचेतना जागृत गराउनु पर्ने उहाले बताउनु भयो । अशिक्षित, गरिवि तथा धार्मिक लगायतका कारण समाजमा वालविवाह हुने गरेको बताउदै न्युनिकरणका लागी स्थानीयस्तर सक्रिय हुनु पर्ने बताउनुभयो । उमेर नपुगि विवाहको हतार नगर्न र वालवालिकालाई शिक्षामानै जोड दिन उहाँले अभिभावकलाई सुझाव दिनुभयो । यस्तै सोहि कार्यक्रममा उज्ज्वल भविष्यको सहजिकरणमा चन्द्रपुर नगरपालिका वडा नम्वर ७, ८, ९ र १० लाई पुर्ण खोप वडा घोषणा समेत गरिएको छ ।

प्रमुख अतिथी प्रदेश सभा सदस्य ठोकरले पुर्ण खोप वडा घोषणा भएकोमा खुशि व्यतm गर्नुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप प्रमुख रामरति चौधरी, वडा अध्यक्ष गोविन्द दुलाल, पासपत चौधरी, बिष्णु उपे्रती, वडा सदस्यहरु, महिला स्वास्थ्य स्यमसे्विका, जनसेबा नेपालका भाग्नारयाण महतो, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

चन्द्रपुर नगरपालिका सव ईन्जिनियर अवधेशहरि भट्टराईले संञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष जयराम चौधरीले गर्नुभएको हो । साभार gunjanfm




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



1376288 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top