बालकको हत्या आरोपमा वडाअध्यक्ष पक्राउ
समाज


बालकको हत्या आरोपमा वडाअध्यक्ष पक्राउ

समाज 127 पटक पढिएको प्रकाशित मिति:



 बालकको हत्या आरोपमा वडाअध्यक्ष पक्राउ

रौतहट : एक बालकको हत्या आरोपमा प्रहरीले एक जना वडाअध्यक्ष सहित ६ जना लाई पक्राउ गरेको छ । १२ बर्षिय बालकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले कटहरिया नगरपालिका–९ का अध्यक्ष रामज्ञा प्रसाद यादब सहित ६ जना लाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा उनको छोरा शक्ति यादव, कटहरिया नगरपालिका–९ डुमरियाकै प्रविण यादव, सुनिल यादव, बृन्दावन नगरपालिकाको आकरपाथर टोलका रवी पटेल र विनोद पटेल रहेका छन् भने सोही घटनाका एक जना आरोपित फरार रहेका छन ।

पक्राउ परेकाहरुले कटहरिया नगरपालिका–९ डुमरिया टोल निबासी दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको गएको शनीबार अपहरण गरी १५ किलोमिटर टाढा गढिमाई नगरपालिका वडा नम्बर– ५ बलुवामदनपुर टोल नजिक बागमती नदीमा लगाइएको तटबन्धको छेउबाट हत्या गरेको अबस्थामा प्रहरीले शब बरामद गरेको थियो । अपहरणकारीले एक करोड फिरौती माग गरेपनि अन्तत बालकको हत्या गरेको खुल्न आएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धन भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी  निरीक्षक चर्तुभुज ओझाले बताउनु भयो । हत्याको घटना पछि कटहरिया नगरपालिकाका बासिन्दा आक्रोशित भएका छन । ठुलो संस्थामा त्यसक्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

नेपाली काग्रेसको तर्फ बाट वडाअध्यक्ष रामज्ञा प्रसाद यादब ०७४ मंसिर २१ गते भएको स्थानीय चुनाबमा ४ सय ५४ मत प्राप्त गरी बिजयी भएका हुन । अपहरण र हत्या आरोपमा जनप्रतिनिधिनै पक्राउ पर्नु दुखद रहेको स्थानीयले बताएका छन । साभार GunjanFm




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1707776 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top