नेता बालकृष्ण ढुंगेल जेलमुक्त
समाज


नेता बालकृष्ण ढुंगेल जेलमुक्त

समाज 127 पटक पढिएको प्रकाशित मिति:



नेता बालकृष्ण ढुंगेल जेलमुक्त

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा बाँकी कैद माफी भएपछि नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन्। मंगलबार बिहान ७ बजे नै उनी डिल्लीबजार कारागारबाट छुटेका छन्।

सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८ सय १६ कैद माफीको प्रस्ताव स्वीकृत गर्नुभएको छ। सोही अनुसार कैदीहरु देशभरीका कारागारबाट बिहानै छुटेका हुन्। डिल्लीबजार कारागारबाट ढुंगेलसहित २६ जना छुटेका छन्। ढुंगेललाई लिन उनका आफन्तहरु कारागार पुगेका थिए।

आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफीसम्बन्धि सिफारिसको निर्णय गरेको थियो।  

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

जसअनुसार गत कात्तिक १४ गते उनी पक्राउ परेका थिए। कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुटेका हुन्।

उनको माफीविरुद्ध परेको रिट उपर सर्वोच्चले सोमबार समेत त्यससम्बन्धि फाइल झिकाउने आदेश दिएको थियो। सर्वोच्चबाट मुद्दा टुंगिनु अगाडि नै उनी छुटेका हुन्।

असल चालचलन भएको नाममा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी दिने प्रवृत्तीले फौजदारी न्याय प्रणालीकै धज्जी उडाएको भन्दै आलोचना हुँदै आएको छ। त्यसमा पनि कर्तव्य ज्यानजस्तो गम्भीर मुद्दामा समेत कैद माफीको प्रावधान गलत भएको प्रहरी अधिकारीहरु बताउँछन्। यसरी कैद माफी पाएर छुट्नेमध्ये कतिपय फेरि अपराधमा फर्कने गरेका छन्।  साभार nepallive



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1705756 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top