logo
16 Nov 2018   |   
राजनीति

पुर्वराजा ज्ञानेन्द्र रौतहटमा



राजनीति   127 पटक पढिएको   कलमपाटी     
गौर ११ जेठ // पुर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानियबासीको स्वागतले आफु निकै खुशी रहेको बताएका छन । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गरेका छन ।



रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ स्थित मत्सरीमा रहेको प्रशिद्ध दुर्गा मन्दीरमा पूर्व राजा ज्ञानेन्द्रले पुजा गरेका हुन् । 

करीव तीन किलोमिटर लामो लाइन लागेर स्थानियले पुर्वराजाको स्वागत गरेको थिए । पूर्व राजा शाहले दिउसो करीव चार बजे आधाघण्टा पूजा गरेका थिए । 

मन्दिर समितिका तर्फबाट पूर्व राजा शाहलाइ  नागरिक अभिनन्दन समेत गरिएको थियो ।  स्थानिय मनोज झा र रुद्रनारायण झाले अभिनन्दन पत्र  हस्तान्तरण गरेका थिए । 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न सवै दलका शुभचिन्तकहरु सहभागी भएको दुर्गा मन्दीर मत्सरीका पुजा व्यवस्थापन समितिका संयोजक विनय झाले बताएका छन ।














1870265 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top