logo
16 Dec 2018   |   
समाज

सडकमा जताततै खाडल सम्झौताविपरीत काम हुँदै



समाज   98 पटक पढिएको        
रौतहट २७ बैसाख // गरुडा नगरपालिकामा सडक निर्माणको क्रममा निजी जग्गामा बनाइएको खाडलमा जमेको पानीमा डुबेर गएको साउनमा ४ बालबालिकाको ज्यान गयो ।



लगत्तै स्थानिय प्रशासनले ठेकेदारलाई सडक निर्माणको नाममा खाडल नबनाउन पत्राचार गर्‍यो । सम्झौताविपरीत ठेकेदारले खाडल बनाउँदा बालबालिकाले ज्यान गुमाउनु पर्‍यो । प्रशासनले त्यस्ता घटना नदोहोरियोस् भनेर सचेत गराईएको थियो । अहिले जिल्लाभर सडक डिभिजन, शहरी बिकाश र नगरपालीकाको योजनामा निर्माण भईरहेको निर्माणमा जताततै खाडलै खाडल बनाइएको छ । 

यसले ठूलो जोखीम पनि निम्त्याएको स्थानीयको भनाइ छ । सडक निर्माणको क्रममा ठेक्का सम्झौतामा बाहिरबाट माटो ल्याउनुपर्ने उल्लेख गरिएको हुन्छ । ठेकेदारले जग्गाधनीको खेतमा स्काभेटर प्रयोग गरी धमाधम खाडल बनाएर सडक निर्माण गरिरहेका छन् । केही स्थानमा विवाद भएको छ । खाडल बनाईएको स्थानमा पछि सम्याउने भनेर ठेकेदारले मौखीक सहमति जनाए पनि काम हुन सकेको छैन । ‘सम्झौतामा नयाँ बाटो निर्माण गर्दा त्यहीको जग्गा खन्नु भन्ने हुदैन,’ सडक डिभिजन प्रमुख सुमन योगेशले भने, ‘ठेकेदारले सम्झौताअनुसार काम गर्नुपर्छ ।’ अधिकांश ठेकेदारले बाहिरबाट माटो ढुवानी गर्दा महंगो पर्ने हुदा अर्काको जमिनमा खाडल बनाएर माटो ल्याउनुपर्छ ।

यहाँका १६ नगरपालिका र २ गाउँपालीकामा सडक बिस्तारको काम भइरहेको छ । सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीय जग्गाधनीसँग विवाद हुने गरेको छ । केहीमा ठेकेदारले मौखिक समझदारी गरे पनि पालना नगरेको भन्दै विवाद हुने गरेको स्थानीय बताउँछन् । सडक निर्माणका क्रममा मेसिनले ठुला खाडल बनाउदा त्यहीं पानी जम्छ । यसले जमिनको सतह कहाँ भन्ने अनुमान गर्न गाह्रो हुन्छ । वर्षाका बेला यस्तै खाडलको पानी अनुमान गर्न नसक्दा बालबालिका डुब्ने खतरा हुने प्रदेशसभा सांसद धनलाल ठोकर बताउँछन् । भन्छन्, ‘ठेकेदारले अर्काको जमिन खनेर बाटो बनाउँछ, पछि सम्याउन चाहँदैन र त्यही पानी जमेर डुब्ने जोखिम बढछ ।’ उनले सम्बन्धित निकायले समयमा ध्यान दिनुपर्ने बताउँछन् ।  खाडल पार्दा विवाद
जिल्लामा सञ्चालित विभिन्न योजनाअन्तर्गत सडक विस्तारका क्रममा ठेकेदारले जथाभावि माटो खन्न थालेपछि बिवाद बढेको छ । ठेकेदारले कम्पनीले सम्झौताविपरीत निजि जमिनमा खाडल पार्न थालेपछि बिवाद बढेको हो । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको करिब ५२ किमि लामो विभिन्न सडक योजनाको निर्माणमा ठेकेदारले निजि जग्गा खनेर खाडल बनाएपछि ३ दिनअघि स्थानियले अवरोध गरी काम रोकेका थिए । 

काठमाडौंको वसुन्धरा ३ को स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का लिएर निर्माण गरिरहेको सडकमा पहिलो प्याकेजको काममा ब्यक्तिको जग्गाको दुबै साईडमा खाडल बनाई माटो निकाल्न थालेपछि बिवाद भएको हो । बिवादबीच गौर नगरपालिका ७, सिसवा क्षेत्रमा सडक निर्माण भईरहेको स्थानमा ठुलो संख्यामा स्थानीय जम्मा भई काम रोकेका थिए । एमाले नेता शम्भु साहसहित स्थानीय बासिन्दा पुगेर काममा अवरोध गरेपछि ठेकेदार रामाश्रेय साहले बाहिरबाट माटो ल्याएर बाटो बनाउने मौखीक सहमति जनाएका थिए । साथै उनले जग्गाको उचित क्षतिपूर्ति दिने सहमती जनाएका थिए । 
सम्झौतामा निर्माणस्थल भन्दा १० मिटर टाढाबाट माटो ढुवानी गर्ने उल्लेख छ । निर्माण हुदै गरेको अधिकाश सडकको काममा ठेकेदारले लापरबाही गरेको पाईएको छ । ठेकेदारले जग्गामा धनीको सहमति बेगर खाडल बनाई जोखीम बढाउन माटो काट्न नपाइने सहरी विकास तथा भवन निर्माण कार्यालय पर्साका डिई सुरेश वाग्ले बताउँछन् ।‘माटो कहाँबाट ल्याउने भन्ने त्यो ठेकेदारको विषय हो,’ उनले भने, ‘अर्काको खेतबाट माटो उठाउनु पर्दा सहमति हुनुपर्छ । त्यस क्रममा पारिएको खाडलले पछि दुर्घट्ना जोखीम हुने हुदा सम्याई दिने सहमति गरी उठाउनुपर्छ ।’ चन्द्रनिगाहपुर स्थित बिभिन्न गाउँमा सडक निर्माणको क्रममा पनि विवाद भएको छ ।   साभार इकान्तिपुर बाट












2146209 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top