रामेछापमा वडाध्यक्ष मृत भेटिए
समाज


रामेछापमा वडाध्यक्ष मृत भेटिए

समाज 45 पटक पढिएको प्रकाशित मिति:



रामेछापमा वडाध्यक्ष मृत भेटिए

रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका(५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् ।

बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो ।

खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

खत्री गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुपर्छ भनी खबर गरी घरबाट हिँडेका थिए । मंगलबारको गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी सुरु गरिएको थियो ।

खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । साभार अनलाईन खबर



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 NEXT

English News



1253350 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top