मोदीको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय
राजनीति


मोदीको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय

राजनीति 58 पटक पढिएको प्रकाशित मिति:



मोदीको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गतेबाट गर्न लागेको नेपालको २ दिने राजकीय भ्रमण कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन् ।

बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका राज्यमन्त्री बाँस्कोटाले बताए ।

उक्त निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ । साभार अनलाईन खबर



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT

English News



1697144 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top