logo
20 Oct 2018   |   
समाज

चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा



समाज   127 पटक पढिएको        
चन्द्रनिगाहपुर : चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा भएको छ । २ नम्बर प्रदेशकै पहिलो बाल बिवाह मुक्त अभियानमा चन्द्रपुर नगरपालिका ८ लाई मंगलबार एक कार्यक्रमका बिच बाल बिवाह मुक्त वडा घोषण गरिएको हो ।




समुदायमा आधारीत बाल संरक्षण संयन्त्र चन्द्रपुर ८ रौतहटको आयोजनामा , चन्द्रपुर नगरपालिका कार्यलय  तथा महिला तथा बालबालिका कार्यलय रौतहटको समन्वय , प्लान नेपालको सहयोगमा बाल र जनसेवा नेपालको सहजीकरणमा बालबिवाह मुक्त  वडा घोषण समारोह सम्पन्न गरिएको थियो ।

शो कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का सांसद देब प्रशाद तिमल्सिना रहनु भएको थियो । तिमलसिनाले बालबिवाह रौतहटकै ठुलो समस्या रहेकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने धारण राख्नुभएको थियो ।

सो कार्यक्रमका बिष्शिठ अतिथि  चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी रहनुभएको थियो भने अतिथिहरु चन्द्रपुर नगरपालिका उपप्रमुख रामरति चौधरी , ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा प्रहरी निरिक्षक तेज नारायण यादब  ,  मानव अधिकार एलायन्सका केन्द्रिय कोषाध्यक्ष प्रमोद चौधरी,जन सेवा नेपालका प्रमुख भाग्य नारायण महतो , तथा चन्द्रपुर नगरपलिकाका १० वटै वडाका अध्यक्ष्यहरुको उपस्थिती रहेको थियो । साभार तराई एक्सप्रेस











1783211 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top