चर्पी नबनाउनेमाथि निगरानी
समाज


चर्पी नबनाउनेमाथि निगरानी

समाज 127 पटक पढिएको प्रकाशित मिति:



चर्पी नबनाउनेमाथि निगरानी

बारा : खुला दिसामुक्त अभियान सफल बनाउन जिल्लाका केही स्थानीय तहले चर्पी नबनाउनेहरूमाथि निगरानी सुरु गरेका छन् ।

बारागढी र सुवर्ण गाउँपालिका तथा पचरौता नगरपालिकामा महिला–पुरुषको छुट्टाछुट्टै समूह बनाई रातिराति पहरा दिन थालिएको छ । यसका लागि समूहलाई लाइट र सिठी उपलब्ध गराइएको छ ।

स्थानीय तहले नै निगरानी सुरु गरेपछि खुला ठाउँमा शौच गर्दै आएकाहरू चर्पी बनाउन थालेका छन् । चर्पी बनाउन स्थानीय तहका चौकीदारबाट खबरदारीसमेत गराइएको छ ।

स्थानीय तहले चर्पी भएकालाई पहिचानका लागि परिचयपत्रको व्यवस्था गरेका छन् । ‘परिचयपत्र नभएका व्यक्तिको कुनै पनि सिफारिस वा सरकारी सेवासुविधा रोक्का गरिनेछ,’ सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र यादवले भने, ‘हाम्रो उद्देश्य गाउँघर सफासुग्घर र व्यक्ति निरोगी होउन भन्ने हो ।’

खुला ठाउँमा शौच गर्नेलाई जरिवाना तिराई त्यो रकमबाट समुदायको निगरानी र सक्रियतामा अति विपन्न परिवारलाई चर्पी बनाइदिने स्थानीय तहको योजना छ ।

जनप्रतिनिधिको समन्वयमा खुला ठाउँमा शौच गर्नेको आयस्रोत पहिचान गरी २ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने निर्णय भएको पुरुष निगरानी टोलीका परिचालक जितेन्द्र साहले बताए । साभार कान्तिपुर



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



1376285 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top