logo
17 Oct 2018   |   
समाज

पहिलो चरणको काम सम्पन्न गर्न नसकेको कालिका कन्स्ट्रक्सनलाई दोस्रो चरणको कामको जिम्मेवारी



समाज   63 पटक पढिएको        
वीरगञ्ज : एडिबी, नेपाल सरकार तथा वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम सम्पन्न हुन नसक्दै पुनः दोस्रो चरणको कामको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ ।




करिब रु ३ अर्ब २५ करोडको चालू योजना ५ महिना अगावै सम्पन्न हुनुपर्नेमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ भने १० प्रतिशत काम सम्पन्न हुन बाँकी छ । नोभेम्बर २०१७, २६ तारिखमा तीन चरणमा म्याद थप गरिएको आयोजनाको काम अहिले मरम्मत सम्भार अवधिको ५ महिना बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।            

आयोजनाको काम तोकिएको मितिमा सम्पन्न हुन नसक्दा ठेकेदार कम्पनीलाई नियमतः दण्डित गर्नुपर्ने हो तर एडिबी, नेपाल सरकार र वीरगंज महानगरको संयुक्त लगानीमा दोस्रो चरणमा हुन गइरहेको सडक, नालाको लागि दुई सय पैंतीस करोडको थप योजनाको ठेक्का पनि कालिका कन्स्ट्रक्सनले हात पारेको छ ।
    वीरगंजमा एडिबी, नेपाल सरकार र वीरगंज महानगरको संयुक्त आयोजनामा पहिलो चरणको कामको ठेक्का लिएको कालिका कन्स्ट्रक्सनले अघिल्ला दिनमा वीरगंजमा कुनै काम नगर्ने बताउँदै आएको थियो । आयोजनाको काम गर्दा अन्यत्रभन्दा वीरगंज सबै अवस्थामा कमजोर भएको र काम गर्न असुविधा भएको भन्दै कालिकाले थप कुनै काम नगर्ने बताएको थियो । चालू आयोजनामा पनि एडिबी, नेपाल सरकारले तोकेको समयमा काम सम्पन्न नहुँदा दण्डित गर्न सक्ने भयले कालिकाले काम छोडेर जाने चेतावनी दिंदै आएको थियो ।
आप्mनो कारणले नभएर महानगरको कारणले काममा ढिलाइ भएको कालिकाको तर्क छ । त्यसैले आयोजनाको काम ढिला हुँदा दण्डित हुनु नपर्ने उसले तर्क गर्दै दण्डित गरेको खण्डमा काम छाडेर जाने र त्यसको भर्पाई अदालतमार्पmत् हुने चेतावनी दिएको थियो । यही कारण हो, एडिबीले कालिकालाई कारबाई गर्न नसकेको । अहिले दोस्रो चरणको ठेक्काको ग्लोबल टेन्डर पनि कालिकाले हात पारेको छ ।
आधिकारिक पत्र आउन मात्र बाँकी रहेको स्रोतले जनाएको छ । दोस्रो चरणमा पहिलो चरणमा छुटेका डुबान क्ष्ँेत्रका नाला, कालोपत्र सडक र सौर्य बत्ती जडान गरिने योजना रहेको छ । दोस्रो चरणमा बाइपास, पिपरा–घण्टाघर लिङ्करोड, राधेमाई, भिस्वा ९कृष्ण प्रणामी क्षेत्र०, कवि शिरोमणिटोल, सुन्दरमल रामकुमार कन्या मावि एरिया, मुर्लीटोल र नहर रोडमा नाला, कालोपत्र सडक बनाउने कामको ठेक्का भएको हो । एडिबीले शुरुमा गरेको सर्भे अनुसार वीरगंजको सम्पूर्ण डुबान क्ष्ँेत्रको लागि करिब ९ अर्बको स्टिमेट गरिएको थियो । तर पहिलो चरणमा सवा तीन अर्ब खर्च भएको यो योजनामा दोस्रो चरणमा २ अर्ब ३५ करोड खर्च हुँदैछ ।
यसपछि ९ करोडको टार्गेट पूरा गर्न तेस्रो चरणको योजना लागू हुने सम्भावना पनि उत्तिकै छ ।

बाँकी काम पूरा हुने लक्षण देखिएनएडिबीद्वारा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत पहिलो चरणको बाँकी काम सम्पन्न हुने अहिले कुनै लक्षण देखापरेको छैन ।
पावरहाउस–श्रीसिया पुल, आदर्शनगर, मुर्ली सडक, छपकैया क्ष्ँेत्रमा खानेपानी पाइपलाइनको कारण सडक कालोपत्र गर्ने काम अधूरो छ । आयोजना व्यवस्थापक शैलेन्द्र श्रेष्ठले खानेपानीले क्षतिपूर्तिबापत पौने चार करोड माग गरेको र यस सम्बन्धमा एडिबीले हालसम्म कुनै निर्णय नगरेकोले बाँकी काम अधूरो रहेको बताए । काम ढिला हुनुमा ठेकेदार कम्पनीको दोष नदेखिएको उनले दाबी गरे ।
व्यवस्थापक श्रेष्ठले हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको र १० प्रतिशत काम बाँकी सात महिनामा पनि हुने सम्भावना कमै रहेको बताए । निर्णय नभएको खण्डमा आम मानिसलाई मर्का पर्नेगरी खानेपानीको पाइपलाइन क्षति पु¥याएर काम गर्न सकिने अवस्था नभएको र क्षतिपूर्ति दिने अथवा अन्य विकल्पको खोजी गर्ने भन्नेबारे निर्णय नभएकोले आयोजनाको बाँकी काम अन्योलमा परेको उनले   बताए ।  साभार headline khabar











1779895 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top