साहित्य


मदन पुरस्कारका दाबेदारको ‘सर्ट लिस्ट सार्वजनिक

साहित्य 127 पटक पढिएको प्रकाशित मिति:


मदन पुरस्कारका दाबेदारको  ‘सर्ट लिस्ट सार्वजनिक

काठमाण्डौ मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका दाबेदारको ‘सर्ट लिस्ट सार्वजनिक गरेको छ। वर्षभरी गुठीलाई प्राप्त भएका पुस्तक मध्येबाट उत्कृष्ट सात पुस्तक र पुस्तकका लेखक छनोट भएको गुठीले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
‘सर्ट लिस्ट मा सातजना लेखक र उनका पुस्तकको नाम उल्लेख गरिएको छ ।

लिस्टको पहिलो नम्बरमा भुवनहरि सिग्देलको ‘आमोईु पुस्तक परेको छ भने दोस्रो नम्बरमा रामलाल जोशीको ‘ऐनाु छ । तेस्रो नम्बरमा नीलमकार्की निहारिकाको ‘चीरहरणु पुस्तक परेको छ भने चार नम्बरमा घनश्याम खड्काको ‘निर्वाणु उपन्यास छ ।

पाँच नम्बरमा सरिता तिवारीको ‘प्रश्नहरुको कारखानाु छ भने छैठौँ नम्बरमा बुद्धिसागरको ‘फिरफिरेु छ । त्यसैगरी सातौँ नम्बरमा दामोदर पुडासैनी ‘किशोरु को सीमानाका रङ्ग सीमानाका तरङगु नाम कृतिको नाम उल्लेख छ ।

गुठीका सदस्य सचिव कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यिनै पुस्तकहरु मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिने छ । साभार : अन्नपुर्ण पोष्ट



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



678166 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top