एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सिआईबीको छापा
समाज


एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सिआईबीको छापा

समाज 127 पटक पढिएको प्रकाशित मिति:



एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सिआईबीको छापा

काठमाडौँः नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छापा मारेको छ ।
बैंकको बोर्ड बैठक चलिरहेका बेला सीआईबीको टोलीले छापामा मारेको हो । सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले छापा मारिएकोबारे पुष्टि गर्दै विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।

सीबीआईका प्रमुख कार्कीका अनुसार कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा शुक्रबार बिहान १४ जना कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।कर्मचारीहरुले गरेका अनियमितताबारे थप अध्ययन भइरहेको उनले जानकारी दिए । एनसीसी बैंक र अन्य वित्तीय संस्थाहरु एक आपसमा मर्ज हुने क्रममा पनि घोटला भएको आशंका गरिएको छ ।

सीआईबीले छापा मारेर एनसीसी बैंकका १४ जना भन्दा धेरै अधिकारीलाई नियन्त्रणमा लिएको छ । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका थिए । मर्जका क्रममा आर्थिक अनियमितता भएको आशंका छ । यसबाहेक कतिपय कर्जा प्रवाहमा पनि चलखेल भएको सीबीआईको आशंका छ ।

एनसीसी बैंकमा मर्ज भएको एपेक्स डेभलपमेन्टले नक्कली ऋणी खडा गरेर २ अर्ब रुपैयाँ भन्दा धेरेको ऋण जारी गरेको प्रकरणमा सीआईबीले छापामा हानेको हो ।

प्रहरीका अनुसार एपेक्सका तत्काली अध्यक्ष तथा एनसीसीका हालका सदस्य विष्णुप्रसाद धितालसहितको मिलेमतोमा ऋण दुरुपयोग गरिएको थियो । साभार अन्नपुर्ण पोष्ट



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1705808 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top