logo
19 Oct 2018   |   
समाज

दाजुले चलाएको गोली लागेर भाईको मृत्यु



समाज   127 पटक पढिएको        
फुङलिङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ मा दाजुले चलाएको गोली लागेर भाईको मृत्यु भएको छ । २७ वर्षीय दाजु सुवास आङ्वुहाङले चलाएको गोली लागेर भाई २२ वर्षीय दिवस आङ्वुहाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।



बिहीबार साँझ दाजुभाई नै सिकार खेल्न जंगल गएको र सिकार खेल्ने क्रममा दाजुले गोली चलाउँदा भाईलाई लागेको थियो । घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको सञ्चार शाखाले जनाएको छ । साभार अन्नपुर्ण पोष्ट











1782011 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top