logo
14 Nov 2018   |   
समाज

जग्गा प्लटिङ गर्न स्कुलको चौर बाट बाटो



समाज   32 पटक पढिएको   कलमपाटी     
रौतहट १ चैत्र // चन्द्रपुर नगरपालिकाको ८ नम्बर वडामा रहेको एक सामुदायिक विद्यालयको जग्गा मिचेर जग्गा प्लटिङ भएको छ । जग्गा पल्टिङमा जाने बाटो नभएपछि स्थानीय बालकल्याण आधारभुत विद्यालयको चौर बाट जमिन व्यवसायीले बाटो खोलेका छन ।




  स्थानीय व्यक्तिहरुको केही मिलेमतोमा विद्यालयको जग्गा कब्जा भएको अन्य स्थानियको आरोप छ ।

सार्बजनिक जग्गाको अतिक्रमण गरेर खेतीयोग्य जमिनमा प्लटिङ्ग गर्ने कार्य तिब्र भैरहदा समेत सम्बन्धित निकाय मौन रहेको छ । 

नेपाल सरकारले  खेतीयोग्य जमिनको किताकाट गर्न रोक्का राखेपनि नापी कार्यालयको मिलेमतोमा रौतहटको चन्द्रपुर लगायतको स्थानीयतहका खेतीयोग्य जमिनमा प्लटिङ्ग भैरहेको आरोप स्थानीयको रहेको छ ।

बिधालयको चौरको मध्य भाग बाट बाटो खोलिदा बिधालय भवर र शौचालय अलग अलग भएको छ ।

व्यवस्थापन समिति र प्रशासनको मिलेमतोमा बिधालयको चौर बाट नै सडक निर्माणको अनुमति दिएको स्थानीयको भनाई रहेको छ । 

 ब्यबस्थापन समितिका अध्यक्ष जीतेन्द्र चौधरीले  चोरमा बाटो खोल्न दिए वापत अन्य स्थानमा जमिन दिने सहमतीमा बाटो बनाउन दिएको बताएका छन ।

 ६ कटठा जमिन क्षेत्रफल मध्ये १३ धुरमा बाटो खोलिएको छ ।

 स्थानीय विकास मन्त्रालयले २०७२ बैसाख १२ गतेको महाभूकम्पपछि वस्ती विकास, शहरी योजनासँगै भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड लागु गर्न परीपत्र गरेपनि जग्गा व्यापारीको मनोमानी अझै रहेको छ । 













1858191 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top