logo
14 Nov 2018   |   
समाज

रौतहटमा विद्युत चोरी गर्ने ६६ जना पक्राउ



समाज   127 पटक पढिएको   रौतहट      
विद्युत चुहावटमा रौतहट अग्रपंक्तिमा रहेको भन्दै व्यापक आलोचना भएपछि विद्युत प्राधिकरण रौतहटले जिल्लाका बिभिन्न ठाउँमा चेकजाच सुरु गरेको छ । यसरी केही दिन यतामात्र शुरु भएको यो नियमित चेकजाँचले गर्दा विद्युत चुहावटमा कमी आएको छ ।



हाल ४७ प्रतिशत बिद्युत चुहावट रहेको रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम शुरु भएको छ ।

विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयातामा पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख उमेश यादवले बताए ।

विद्युत चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको प्राधिकरणले तिन महिनामा विद्युत चुहावट १२ प्रतिशतले घटाएको छ ।

प्राधिकरणका कर्मचारीहरु प्रहरी र स्थानीय प्रशासनको सहयोगमा चार दिनको अवधिमा जिल्लाको लक्ष्मीपुर, ब्रहृमपुरी, मुडवलवा, रामपुर खाप, राजपुर दमार, पल्टुवा, कुडिया लगायतका विभिन्न स्थानहरुबाट विद्युत चोरी गर्ने ६६ जनालाई पक्राउ गरी ५ लाख भन्दा बढी जरिवाना असुल गरिएको शाखा प्रमुख यादवले बताए ।

लामो समयसम्म पनि विद्युत महशुला भुक्तानी नगर्ने ३०४ जनाको लाइन काटिएको र उनीहरु बाट ५ लाख ४३ हजार रुपैयाँ असुल भएको प्राधिकरणले जनाएको छ ।

देशका विभिन्न स्थानका सहरहरु लोडसेडिङ्ग मुक्त घोषणा भइरहदा रौतहटमा भने वितरणको आधा विद्युतनै चोरी भइरहेको छ । कुनै समय ८२ प्रतिशत चुहावट रहेको रौतहटमा नियमित चेकजाँच तथा चुहावट नियन्त्रणका लागी ठोस पहल हुन निकै जरुरी रहेको छ ।

कर्मचारीहरुको मिलोमतोमा समेत कतिपय स्थानमा विद्युत चुहावट भइरहेको आरोप लाग्ने गरेको प्राधिकरणलाई चुहावट नियन्त्रण गर्न चुनौति रहेको छ ।

रौतहट जिल्ला भरी नै व्यापक रुपमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने प्रवृति बढेको बेला प्राधिकरणले शुरु गरेको योे प्रयासले अवश्य पनि चुहावट नियन्त्रणमा राम्रो शुरुवात भएको छ । साभार अनलाईन खबर











1858238 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top