logo
17 Nov 2018   |   
समाज

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण: वैशाख १४ गतेदेखि परीक्षा



समाज   127 पटक पढिएको        
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।



परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए ।

बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ ।

आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ ।

परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ शुरु भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिए । साभार रातोपाटी











1873827 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top