logo
17 Nov 2018   |   
समाज

विमान दुर्घटनामा ज्यान गुमाएका सबै ४९ जनाको शब डिएनए परीक्षण गरेर परिवारलाई बुझाइँदै



समाज   19 पटक पढिएको        
काठमाडौं: सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।



४९ जनाकै शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र डिएनए परीक्षण गरेर आफन्तलाई बुझाइने  अस्पताल स्रोतले जनाएको छ ।   बंगलादेशको ढाकाबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा  दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका  ४ सदस्यसहित  ७१ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तको भीड लागेको छ । आफन्तहरु मृतकको शब बुझ्न अस्पतालमा पुगेका हुन् ।  साभार रातोपाटी











1873402 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top