logo
20 Oct 2018   |   
समाज

चन्द्रनिगाहपुरमा २८ गते बाट महोत्सव शुरु



समाज   127 पटक पढिएको   कलमपाटी     
कलमपाटी २७ माघ // रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा हुन लागेको चन्द्रपुर महोत्सवको तयारी पुरा भएको आयोजक चन्द्रपुर सिटि जेशिजले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरकमा स्थानिय स्तरका कला, संस्कृति तथा व्यापारलाई प्रर्वद्धन गर्ने उद्धेश्यले चन्द्रपुर महोत्सवको आयोजना गरिएको हो ।



शनिबार चन्द्रनिगाहपुरमा पत्रकार भेटघाटको कार्यक्रम गरेर आयोजक समितिले महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।
बल उधान, खानाका परिकार, कृषिजन्य बस्तु, हस्तकला, घरेलु उधोग, स्थानिय कला तथा संस्कृतिका साथै मनोरञ्जनका सामग्री महोत्सव रहने छ । करिव १० दिन हुने उक्त महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका गरि २ सय भन्दा बढि स्थलहरु रहेने छ ।
चन्द्रनिगाहपुर सिटि जेसिसको मुख्य आजोजना तथा चन्द्रपुर नगर उधोग बाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सह प्रयोजनमा हुन लागेको हो । फागुन २८ गते देखि चैत ७ गते सम्म तुल्सीलाल अमात्य खेल मैदानमा हुने भएको आयोजक संस्था चन्द्रनिगाहपुर सिटि जेसिसका अध्यक्ष अन्नत अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा बताए ।
चन्द्रपुर महोत्सवमा हेलिकप्टरबाट स्थानिय स्तरका धार्मिक तथा पर्यटकिय स्थलको अवलोकनको व्यवस्था गरिएको छ । पर्यटकीय स्थल नुनथर, काठमाडौ–निजगढ निर्माणधिन फास्टट्रयाकको अवलोकन तथा धार्मीक क्षेत्रको दर्शनका लागी हेलिकप्टरको व्यवस्था गरिएको हो । स्थानिय स्तरमा रहेका जंगलको सफारी गर्नुका साथै राष्ट्रिय तथा स्थानिय स्तरको कलाको प्रर्दशनी गरिने कार्यक्रमका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा बारा, पर्सा, सर्लाही, र महोत्तरीबाट पनि सर्वसाधारण आउने अपेक्षा आयोजक संस्थाले लिएको छ । चन्द्रनिगाहपुर सिटि जेसिसले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएपनि पहिलो पटक चन्द्रपुर महोत्सव गर्ने लागेको हो । चन्द्रनिगाहपुर सिटि जेसिसका संस्थापक अध्यक्ष समेत रहेका बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा व्यवसायीको आकर्षण बढेसंगै आम्दानीमा पनि वृद्धि हुने भएकाले स्थानीय उत्पादनको खपत बढ्ने उनको भनाई छ । यसैबिच चन्द्रपुर महोत्सवको तयारीका विषयमा चन्द्रनिगाहपुर सिटि जेसिसका पदधिकारी, होटल व्यवसायी संघ, चन्द्रपुर नगर उधोग बाणिज्य संघ, सुनचादी व्यवसायी संघ तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बैठक समेत बसिसकेको छ । यसअघि २०६८ सालमा रौतहट उधोग बाणिज्य संघको अगुवाईमा चन्द्रनिगाहपुर महोत्सव हुदा करिव चार लाख दर्शकहरुले अवलोकन गरेको अनुमान गरिएको छ । ऐतिहासिक तथा सास्कृतिक महत्व बोकेको यस क्षेत्रको आर्थिक तथा सामाजिक शिक्षा र व्यवसायी महासंघका केन्द्रिय महासचिव उदय नायायण सापकोटाले बताए ।
महोत्सवले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन  गर्ने हुदा महोत्सव महत्वपुर्ण हुने उनको भनाई छ । रौतहटमा पर्यटन प्रवद्र्धनका लागी महोत्सव तथा अन्य कार्यक्रम लामो समयसम्म नहुदा पर्यटकिय क्षेत्र पनि ओझेलमा परेकोले यस्तो कार्यक्रम गर्नृ परेको आयोजकले जनाएको छ ।
महोत्सवमा खेलकृद प्रतियोगिता
चन्दपुर महोत्सवमा कुस्ती र किक बक्सीङ प्रतियोगिता समेत हुने भएको छ । दर्शकको मनोञ्जनका लागि २९ गते प्रदेश नं. २ स्तरिय कुस्ती र चैत ४ गते किक बक्सीङक प्रतियोगिताको आयोजना हुने महोत्सवका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।












1783227 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top