logo
22 Oct 2018   |   
अनौठो संसार

यी युवतीले दिनहुँ दाह्री खौरिन्छिन् !



अनौठो संसार   1 पटक पढिएको        
प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् ।




तर के तपाइँले कुनै महिलाले नियमित रुपमा दाह्री खौरिएको देख्नुभएको छ ? यो कुनै हँसिमजाक होइन ।

एकजना युवतीले नियमित रुपमा आफ्नो दाह्री खौरिने गरेकी छिन् । दाह्री नखौरिएसम्म उनी घर बाहिर निस्किँदैनिन् ।

पेशाले ब्यूटी एक्सपर्ट रहेकी ३२ वर्षीया हुड्डा क्याटनका लागि दिनहुँ नुहाउनु जति महत्वपूर्ण छ उत्ति नै दाह्री खौरिनु पनि । उनले दिनहुँ पुरुषले प्रयोग गर्ने रेजरले पुरुषको दाह्रीजुँगा पलाउने चिउडो लगायतका अनुहारको भाग खौरिन्छिन् । उनले यसरी दाह्री खौरिनुको रोचक कारण छ ।

दुबइमा बस्दै आएकी केटनका अनुसार खौरिएपछि अनुहारको छाला चम्किलो बन्दछ । उनका अनुसार हरेक दिन रेजरले शेेभिंग गर्नाले अनुहार प्राकृतिक रुपमा सुन्दर बन्दछ । चम्किलो अनुहार चाहने युवतीहरुलाई उनी नियमित रुपमा दाह्री खौरिने सल्लाह दिन्छिन् ।

अनलाइन सेलिब्रेटी समेत रहेकी केटनका सोसल मिडियामा १ करोड २९ लाख भन्दा धेरै फलोअर्स छन् । महिलामा नपलाएको दाह्री खौरिनाले उल्टै मोटो तथा कालो र बाक्लो दाह्री जुँगा पलाउँछ भन्ने धारणा गलत रहेको उनको दाबी रहेको अनलाइन खवरमा समाचार छ  ।












1785944 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top