दाइजोबिनै विवाह गर्ने जोडी वीरगञ्जमा सम्मानित
समाज


दाइजोबिनै विवाह गर्ने जोडी वीरगञ्जमा सम्मानित

समाज 127 पटक पढिएको प्रकाशित मिति:



दाइजोबिनै विवाह गर्ने जोडी वीरगञ्जमा सम्मानित

वीरगञ्ज : दाइजो लेनदेन नगरी विवाह गर्ने एक जोडी वीरगञ्जमा सम्मानित भएका छन् । वीरगञ्जकै एक बैंकमा कार्यरत अलौंका सन्देश प्रसाद र शिक्षण पेशामा आवद्ध चञ्चला कुमारीको जोडीलाई सम्मान गरिएको हो ।
गत माघ २१ गते विवाह गरेका उनीहरुलाई बाल विवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालले प्रशंसा पत्रसहित सम्मान गरेको हो ।
उनीहरुलाई अभियानका राष्ट्रिय संयोजक राजकुमार महतो, प्रादेशिक अभियान संयोजक ललनप्रसाद साह र जिल्ला संयोजक प्रकाशप्रसाद थारुद्वारा हस्ताक्षरित प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।
तराई मधेसको समाजमा मोलतोल गरेर दाइजो माग्ने विकृति बढ्दै गएको अवस्थामा उदाहरणीय र आदर्श विवाह गरेकोले उनीहरुलाई सम्मान गरेको अभियानले जनाएको छ ।
सन्देशको बुवा राजशंकर प्रसादले समाजमा दाइजो विकृतिको रुपमा देखिएकोले त्यसको अन्त्य गर्नुपर्छ भन्ने सोचेर दाइजो नमागेको बताए । ‘परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भनेर हामीले एक रुपैयाँ पनि दाइजो मागेनौं’, उनले भने ।
गत साउन १९ गते निधन भएकी आफ्नी श्रीमती सुमित्रा देवीको इच्छा दाइजोबिनै छोराको विवाह गर्ने रहेकाले त्यो पूरा गरेको राजशंकरले बताए ।
दुलाहा सन्देशले परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने सन्देश दिन दाइजौ नलिइ विवाह गर्ने निर्णयमा पुगेको बताए । ‘दाइजोले कोही धनी भएको छैन, हुँदैन पनि, यो पहिलेदेखि नै समाजमा चली आएको विकृति हो’, उनले भने ‘मुखले चाहिँदैन भन्ने तर व्यवहारमा माग्नेहरु पनि छन् । हरेक मान्छेले घरबाटै शुरुवात गर्ने हो भन्ने दाइजो समाजबाट हट्छ भन्ने लाग्छ ।’
दुलही चञ्चलाका बुवा प्रदीप कुमारले केटा पक्षले एक रुपैयाँ पनि दाइजो नमागेको बताए । ‘विवाहको कुरा गर्दा एक रुपैयाँ पनि लेनदेनको कुरा भएन’, उनले भने ‘हामीले आफ्नो गक्ष अनुसार विवाह गर्यौं’, उनले भने ।
चञ्चलाले दाइजोका कारण छोरालाई मात्र प्राथमिकता दिने चलन बढेको समयमा दाइजोबिनै भित्रिन पाउँदा खुशी लागेको बताइन् । ‘वस्तु किनबेच गरे जस्तो मोलतोल गरेर बुहारी भित्र्याउने चलन छ’, उनले भनिन्, ‘मलाई एक रुपैयाँ पनि दाइजो नमागी विवाह गरिएको छ । अरुले पनि यसबाट पाठ सिक्नुपर्छ ।’
अभियानका जिल्ला संयोजक प्रकाश थारुले तराई मधेसको समाजमा दाइजो नमागी विवाह गर्नु नमूना काम भएको बताए । साभार अनलाईन खबर



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



1362587 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top