logo
16 Oct 2018   |   
समाज

पब्लिक क्याम्पस संघ २ नम्बर प्रदेशको भेला सम्पन्न



समाज   127 पटक पढिएको        
रौतहट २४ फागुन // नेपाल पब्लिक क्याम्पस संघ २ नम्बर प्रदेशको भेला विहिवार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । भेलामा प्रदेश नं. २ का संयोजक ब्रम्हचारी बम्हमुनी कलेज मिर्चैयाका क्याम्पस प्रमुख संजय कुमार साहको अध्यक्षता रहेको थियो ।



कार्यक्रममा प्रमुख अतिथी रौतहट क्षेत्र नं. ४ का माननीय सांसद देव प्रसाद तिमिल्सना रहेका छन ।

 विशिष्ट अतिथीहरुमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष भोलानाथ ओझा र चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी रहनु भएको थियो । 

अतिथीहरुमा नेपाल पब्लिक क्याम्पस संघका उपाध्यक्षद्धय शिवराम सन्जेल र शत्रुधन प्रसाद गुप्ता रहेका थिए ।

 कार्यक्रम प्रमुख अतिथी सांसद देवप्रसाद तिमल्सिनाले शिक्षाक्षेत्रलाई व्यवस्थित र गुणत्मक सुधार गर्न सकेमात्र समाज सुधार्न सकिने बताएका छन ।

 शिक्षाको लगानी बालुवामा पानी भएको अवस्थामा अव २ नम्बर प्रदेशलाई शिक्षाको स्तरमा १ नम्बरमा ल्याउने गरि गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।

 हरेक क्षेत्रको सुधारको मूल जरो भनेकै शिक्षा भएकोले शिक्षामा लगानी गरे प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका छन ।

 कार्यक्रममा विशिष्ट अतिथी नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष भोलानाथ ओझाले आफ्नो संस्थाको प्रगतिको अवस्था जानकारी गराउनुहुदै त्यसले प्रेरणाको रुपमा काम गर्न सकिने बताएका छन ।

 उहाले पब्लिक विश्वविद्यालय स्थापना कुनै जागिरको अवसरका लागि मात्र नभई विश्वस्तरीय, गुणस्तरीय जनशक्ति उत्पादनको लागि केन्द्रित हुनुपर्नेमा जोड दिदै 

क्याम्पसको गुणस्तरीयताका लागि हामी नै जागरुक हुनुपर्ने बताएका छन ।

 उपाध्यक्ष शिवराम सन्जेलले नेपाल पब्लिक विश्वविद्यालय स्थापना तर्फ अगाडि बढ्दै गर्दा त्यो अवधारणा स्थगित भएकोले अव स्थायी सरकारसंग मन्त्रीमण्डल पूर्णता पाएपछि त्यो अवसधारणालाई मूर्त रुपमा अघि बढाउने योजना रहेको जानकारी दिए ।

उनले केन्दिय र प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापनातर्फ अघि बढ्ने योजना भएको बताउदै उच्च शिक्षाको नया मोडालिटीका साथ अघि बढ्नु पर्ने औल्याएका छन ।

सरकार र समुदायको संलग्नतामा उच्च शिक्षा अघि बढाउन सके समाजलाई द्रुत गतिमा परिवर्तन गर्न सकिनेमा जोड दिदै  उपाध्यक्ष सन्जेलले पब्लिक क्याम्पसको स्थायित्व, स्वामित्व तथा उच्च शिक्षाको सुनिश्चितताको लागि नेपाल पब्लिक क्याम्पस संघ अघि बढेको बताए ।

 कार्यक्रम संचालन २ नम्बर प्रदेश सचिव तथा जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका प्रमुख दुर्गा प्रसाद दाहालले गरेका छन ।













1777707 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top