पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्
समाज


पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्

समाज 127 पटक पढिएको प्रकाशित मिति:



पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्

काठमाडौं : राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ ।
अर्थ मन्त्रालयले बुधबार आर्थिक वर्ष ०७४र०७५ को अर्ध वार्षिक समिक्षा गरेको छ । जसमा यी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको उल्लेख गरिएको छ ।
‘दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको प्रारम्भीक काम नै सुरु नभएका कारण बजेट खर्च हुन सकेको छैन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा जग्गा प्राप्तीको समस्या छ जसका कारण बजेट खर्च हुन नसकेको देखिएको छ । ’ बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।
बैकल्पिक अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलले पर्यटन क्षेत्रलाई माथि उठाउने विश्वासका साथ निर्माण गर्न लागिएको हो । तर, अहिलेसम्म यसको निर्माणमा खासै प्रगति हुन सकेको छैन ।
चालु आर्थिक वर्ष ०७४र०७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, बजेट विनियोजन भएको ६ महिनासम्म कुनै पनि रकम खर्च हुन सकेको छैन ।
निजगढ विमानस्थलका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकन ९इआईए० को काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै यसका लागि आवश्यक १ सय १० बिगाहा जमीन अधिग्रहणको पनि प्रक्रिया अघि बढाइएको छ । डिटेल डिजाइन तयार गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट कार्य पनि प्रक्रियामा नै रहेको छ ।
साथै यस आयोजनाले अहिलेसम्म वन क्षेत्रको रुख कटान गर्नको लागि अनुमति पाएको छैन । जसका कारण पेरिमिटर सडक निर्माण पनि अघि बढ्न सकेको छैन ।
त्यस्तै पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका लागि यो वर्ष सरकारले छुट्टाएको ५ अर्ब रकम पनि खर्च हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यो आयोजना सरकारले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन् २०११ मा नै यो आयोजनाको सुरुवात भए पनि अहिलेसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन । यस आयोजनाका सरकार र चीनवीच ऋण सम्झौता भएको छ ।
निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय बिमानस्थलले भने चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब खर्च गरेको छ ।
सन् २०१५ मा आयोजना निर्माणको काम सुरु गरेर सन् २०१७ को डिसेम्बरसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, आयोजना निर्माणको काम अहिलेसम्म सकिएको छैन । चिनीयाँ ठेकेदार नर्थ वेस्ट सिभिल कम्पनीको ढिलासुस्तीका कारण काम अघि बढ्न सकेको छैन ।
यो वर्ष यस आयोजनाका लागि ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन भएकोमा विनियोजित बजेटको २७ दशमलव ७० प्रतिशतले हुन आउने २ अर्ब रकम खर्च भएको छ । १ सय ४० बिघाह जग्गाको मुआब्जा बितरण सुृरु भइसकेको छ भने थप २ सय ८८ बिगाह जग्गाका लागि पनि आयोजनाले प्रक्रिया अघि बढाउँदैछ । साभार अनलाईन खबर



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



1362604 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top