हतियारधारी समूहद्वारा वडा अध्यक्षसहित आधा दर्जन लुुटिए
समाज


हतियारधारी समूहद्वारा वडा अध्यक्षसहित आधा दर्जन लुुटिए

समाज 78 पटक पढिएको प्रकाशित मिति:




रौतहट : हतियारधारी समूहले मंगलबार राती रौतहटका एक जना वडा अध्यक्षसहित आधादर्जन मानिसलाई कुटपिट गरी नगद तथा सामान लुुटपाट गरेको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–४ लालबकैया नदी किनार रहेको उखुुघारी छेउमा ६–७ जनाको संख्यामा रहेका हतियारधारीहरुले राती ८ बजे यादव सहितका स्थानीयलाई लुुटपाट गरेको हो ।
कटहरिया बजारबाट घरतर्फ मोटरसाईकलमा गइरहेका मौलापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामप्रवेश यादवको नगद,मोबाईल तथा सामान हतियारधारीहरुले लुुटपाट गरेको प्रहरीले जनाएको छ ।
नलकटुुआ पेस्तोल र धारिलो हतियार सहित उखुुघारीमा लुुकेर बसेका लुटेराहरुले आफूसँग भएको ४ हजार नगद र एकथान मोबाइल लुुट्नुका साथै कुटपिट समेत गरेको वडा अध्यक्ष रामप्रवेस यादवले बताए ।
त्यस्तै मौलापुर नगरपालिका वडा २ का भरोसी यादवको ८ हजार नगर तथा छोरीको बिहेको लागी ल्याएको कपडाहरु लुुटेको अध्यक्ष यादवले जानकारी दिए ।
सोही बाटो भएर गइरहेका स्थानिय ब्यापारी चुुनचुुन साह, गुुुलाब मिया राजाबाबुु जयसवाल लगायतका मानिसलाई लुटेराहरुले कुटपिट गरी लुुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।
घटनालगतै सन्तपुर दोस्तिया बाट गएका प्रहरी र मौलापुर नगरपालिका–१ मर्यादपुरका गाँउलेहरुले घटनास्थल वरपरबाट शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारै जनालाई रातीनै जिल्ला प्रहरी कार्यालय गौर पठाईएको प्रहरीले जनाएको छ ।
यसबारे आवशयक अनुुसंधान भइरहेको एसपी पोखरेलले जानकारी दिए । साभार रातोपाटी



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



1374725 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top