logo
22 Oct 2018   |   
समाज

बोक्सी आरोपमा श्रमिान श्रीमती दुवैलाइ कुटपिट



समाज   127 पटक पढिएको   कलमपाटी     
गौर १५ फागुन// बोक्सीको आरोपमा कुटपिट गर्ने हरु लाइ प्रहरीले पक्राउ गरी कार्वाही नगरी छाडेको पिडितहरुले गुनासो गरेका छन ।




रौतहटको यमुनामाई गाउँपालिका ५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजामलाई छिमेकी स्थानीय धर्मेन्द्र राय यादव, उनकै भाई सुनिल राय यादव र मुकेश राय यादवले आईतवार राती बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडितले ठाडो उजुरी दिएको र उनीहरुलाइ पक्राउ गरी कार्वाही नगरी प्हरीले  छाडेको पिडित पक्षको गुनासो छ ।

 श्रीमान रामस्वरुप ठाकुर हजामलाई तिम्रो श्रीमती बोक्सी भएकाले हाम्रो छोराछोरी बिरामी भएको भन्दै उनीहरुले  घर नजिकै कुटपीट गरेको र छुट्याउन जादा आफुलाइ पनि बोक्सी भन्दै कुटपिट गरेको कान्तिदेवीले बताइन ।

आरोप लागेका यादव पक्षले बोक्सीको आरोप नलगाएको र कुटपिट समेत नगरेको बताएका छन ।

कुटपिटबाट घाईते भएका दुवैजनाको गौर अस्पतालको आकस्मीक कक्षमा उपचार भईरहेको छ ।

सोमवार जिल्ला प्रहरी कार्यालय रौतहटमा बोक्सीको आरोपमा कुटपिट गरेको भनि उजुरी दिन जाँदा प्रहरीले जाहेरी नलिई ठाडो उजुरी मात्र दर्ता गरेको पीडितहरुको गुनासो छ ।

घाउजाँच केश फारामको लागि निवेदन दर्ता गरी प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको र कार्वाही नगरी छाडिएको पीडित रामस्वरुप ठाकुरले कलमपाटी लाइ  बताए । 

 प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले बोक्सीको आरोप लगाइ कुटपिटगर्ने हरु लाइ कार्वाही गर्ने बताएका छन ।

दोषिलाइ कार्वाहीको माग गर्दै अन्तरपार्टी महिला संजाल रौतहटका अगुवाहरुले प्रहरी प्रमुख पोखरेल लाइ मंगलवार भेटेर बोक्सीको आरोपमा कुटपिट गर्नेलाइ कार्वाही गर्न माग गरेका छन । 














1786287 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top