logo
09 Dec 2018   |   
समाज

सत्तिसालको रुख संरक्षण गर्दै सामुदायक बन



समाज   51 पटक पढिएको        
रौतहट १२ साउन सामुदायिक बनले रौतहटमा लोपउन्मुख प्रजातीको काठ सत्तिसालको संरक्षण गर्दै आएको छ । चन्द्रपुर नगरपालिका १ मा रहेको जनचाहाना समादायिक बन र वडा नम्वर ६ मा रहेको हरीयाली सामुदायिक बन समुह जुडिवेलामा सत्तिसालको रुख संरक्षण गरीएको छ भने सत्तिसालको बिरुवा रापिएको छ ।



गएको बर्ष करीव ६ हेक्टर जमिनमा नौ हजार सत्तिसालको बिरुवा रोपिएको छ भने यस बर्ष पनि बृक्षारोपण गरीने समुहका अध्यक्ष धन बहादुर प्रसाईले जानकारी दिए ।
चन्द्रनिगाहपुरमा रहेको जनचाहाना बन समुहले हजारौ सत्तिसालको रुख हुर्काएको छ । सो बन क्षेत्रमा १० हजार भन्दा बढी सत्तिसालको बिरुवा हुर्किएको समुहका अध्यक्ष भुमिलाल न्यौपानले बताए ।
करीव आधा हेक्टरमा मात्रै पाच सय बिरुवा हुर्किएका छन एकसय ५० हेक्टर क्षेत्रफल रहेको सामुदायिक बनमा सत्तिसालको रुख संरक्षणका लागी समुहका सवै सदस्यलाइ सकृय बनाइएको छ ।
सत्तिसालको काठ  तस्करी  र बन फडानी हुदा लोप हुने अवस्थामा पुगेकोले संरक्षण गर्न लागेको समुहका सदस्यहरु बताउछन ।
ढिलो प्रतिफल दिने भएपनि महगोमा मुल्यमा बिक्री हुने हुदा सत्तिसाल संरक्षणमा समुहहरु सकृय भएर लागेको सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद तिमल्सेनाले बताए ।
चरीचरण र डडेलो नियन्त्रण गरेकाले सामुदायिक बन क्षेत्रमा बहुमुल्य प्रजातीका सत्तिसाल , खयर जस्ता बिरुवाहरु पुर्न उत्पादन भइ संरक्षित हुदै आएको छ ।













2085063 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top