logo
10 Dec 2018   |   
स्वास्थ्य

के खुवाउने बच्चा लाइ



स्वास्थ्य   127 पटक पढिएको        
बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गा¥हो हुन्छ । यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ । खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन, जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ ।



क्यालोरी ः ५ वर्षमाथिका बच्चाहरुका लागि खानामा पूर्ण क्यालरी आवश्यक पर्छ । जुन बच्चा बढी सक्रिय रहन्छन तिनीहरुलाई बढी क्यालोरी चाहिन्छ । हाइ क्यालोरीको अर्थ भुटे, तारेको खाना नभई दूध र अनाजयुक्त खाद्यपदार्थ दिनुपर्छ ।

प्रोटीन ः बढ्ने उमेरका बच्चालाई प्रोटीन जरुरी हुन्छ । बच्चाको मांसपेशीको सही विकास र हड्डीको मजबुतीका ल्ऽागि प्रोटीन आवश्यक हुन्छ । यसका लाागि बच्चालाई पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा आदि दिनुपर्छ ।

भिटामिन र मिनरलस , बच्चाको सम्पूर्ण विकासका लागि भिटामिन र मिनरलस भरपूर दिनुपर्छ । क्याल्सियम भरपूर मात्रामा पाइने पौष्टिक पदार्थ दिनुपर्छ । भिटामिन र आइरनका लागि बच्चालाई हरियो सागसब्जी खुवाउनुपर्छ ।

फल ः फलमा भिटामिन, आइरन र अन्य पौष्टिकत्व पाइन्छ । बच्चालाई बढीभन्दा बढी फल, जुस र मौसमी फल दिनुपर्छ । बच्चालाई अंगुर, स्याउ, सुन्तला जस्ता फलको सलाद काटेर खुवाउन सकिन्छ ।

पानी र फाइबर ः  बच्चाको स्वास्थ्यका लागि पानीको महत्व निकै छ । यसैले पानी बढी पिउन दिनुपर्छ र सूपजस्ता तरल पदार्थको सेवन गराउनुपर्छ । यसका साथै बच्चालई फाइबरयुक्त खाद्यपदार्थ दिनुपर्छ ।
 बच्चालाई सन्तुलित ५ अलग अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।  बच्चाल्ऽाई खुवाउन बल्ऽ प्रयोग नगर्नुस, मायाले  सम्झाएर खुवाउनुस । बच्चाको खाना कलरफुल बनाउन सलाद, काचो फल र तरकारी काटेर दिनुहोस जुन उनीहरुलाई आकर्षक लागोस ।   बच्चालाई खेल्ने स्वीकृति दिनुहोस जसबाट उनीहरुलाई बढी भोक लागोस । जंकफुडभन्दा पौष्टिक खाना खुवाउने बानी गर्नुस ।
साभार : स्वास्थ्य खवर











2087505 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top