logo
16 Nov 2018   |   
समाज

त्रिशुलीमा वेपत्ता सिचाईं सचिवको शब भेटियो



समाज   3 पटक पढिएको        
सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ ।



उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ ।
सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा तीन जना जना बेपत्ता भएका थिए ।
कपिलवस्तुस्थित घरबाट राजधानी फर्कदैं गरेका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए ।
अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।
बिहान पौने ३ बजेतिर बा२ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो ।
जिप खसेको स्थान निकै गहिरो छ।
प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार, नदीको पानी धमिलो भएको कारण उद्दारमा कठिनाइ भएको थियो ।
चालक निरन्जन यादव घाइते भएका थिए ।
उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।
दुर्घटना पछि पौडी खेल्दै गएका चालकलाई स्थानीयले उद्दर गरेका थिए। साभार रातोपाटी











1868022 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top