बज्जिका भाषा विकासका लागी कार्यक्रम गर्ने निर्णय
साहित्य


बज्जिका भाषा विकासका लागी कार्यक्रम गर्ने निर्णय

साहित्य 35 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



बज्जिका भाषा विकासका लागी कार्यक्रम गर्ने निर्णय

रौतहट, २६ माघ // विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्ष देखि मनाउदैं आएको बज्जिका भाषा विकास को लागी कार्यक्रम भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।

रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहल ग्रामिण शिक्षा विकास नेपाल रौतहट ( रेड नेपाल ) ले आयोजना गरेको तयारी समितिको बैठकले बज्जिका भाषा र संस्कृतिको उत्थानको लागि जिल्लाभरि विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादवको अध्यक्षतामा बसेको बैठकले मातृ भाषाको जर्गेना तथा संस्कृतिको संरक्षणका लागि बज्जिका भाषा विकास समारोहको परिकल्पना भई नियमित रुपमा मनाउदैं आएकोमा यस बर्ष हर्षो उल्लासका साथ सबैको सहभागितामा कार्यक्रम गर्ने भएको छ ।

बज्जिका भाषा विकास समारोह २०७४ लाई सफल पार्न जिल्लाका सबै विद्यालयहरुमा मातृभाषा कविता, हाजरि जवाफ, निबन्ध, अन्र्तक्रिया लगायतका अन्य कार्यक्रमहरु संचालनका लागि अनुरोध गर्ने तथा समारोह संचालन हुने फागुन ९ गते तदनुसार २१ फरबरीका दिन विहान प्रभातफेरी पश्चात दिउसो समारोह संचालन हुने आयोजक संस्थाका सल्लाहकार एवम समारोह संचालन समितिका संयोजक योगेन्द्र प्रसाद यादवले जानकारी दिएका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



1171288 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top