logo
16 Dec 2018   |   
समाज

मोटर बाटो बनाउदै रौतहटका स्थानियबासी



समाज   2 पटक पढिएको   कलमपाटी     
रौतहट २४ माघ// रौतहटको जंगलसैया भन्सर सडक स्थानियबासीको सकृयतामा निमार्ण गर्ने कार्यले तिव्रता पाएको छ । जिल्लाको गुजरा नगरपालिकाको जगलसैया देखी पुर्वपस्चिम राजमार्गको धन्सर सम्म मोटर गुडाउनका लागी स्थानियले समिती बनाएर सडक निमार्ण लाइ तिव्रता दिदै आएका छन ।



जंगलसैया, कनकपुर, पोखरभिण्डा लगाएत गाउका एकघर बाट दुइजनाले श्रमदान गर्नुपर्ने नियम बनाएर उनीहरु सडक बनाउन जुटेका हुन ।

जगलसैया देखी धन्सर सम्मको १० किलोमिटर सडक तिव्ररुपमा निमार्ण भैरहेको छ । २०५२ सालमा नै सो सडक बनाउनका लागी ट्रयाक खोलिएको भएपनि अहिले सम्म मोटर चल्न सकेको थिएन ।

सो क्षेत्रका संसद प्रभु साहले उक्त सडक माटोपुरेपछि तत्काल ग्रेभल गर्न र कालोपत्रगर्न आफुले पहलगर्ने बताएपछि सडक निमार्णमा स्थानियबासीहरु जुटेका हुन ।

बर्षौदेखी यातायातको असुबिधा भोग्दै आएका यसक्षेत्रका  हजारौ बासीन्दाले सडक निमार्ण पछि बजार तथा पुर्वपस्चिम राजमार्ग पुग्न सहज हुने छ ।

जगलसैया देखी धन्सर सम्म सडक बनेपछि कटहरीया, भसेडवा, कनकवुर, गर्जा, पिपरापोखरीया, हरीहरपुर, हिमालीबास, जमुनिया लगाएत गाउका हजारौ बासिन्दाले यातायातको सुबिधा पाउने माओवादी केन्द्रका स्थानिय नेता ओहिद अन्सारीले बताएका छन ।

सडक बनेपछि यस क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनलाइ बाराको निजगढ तथा रौतहटको चन्द्रनिगाहपुर बजारमा पुर्याउन सहज हुने स्थानिय युवा मुकेश साहको भनाइ छ ।

गाउमा नै आर्थिक संकलन गरेर दुइ वटा स्काइभेटर प्रयोग गरी सडकमा माटो पुर्ने काम भैरहेको छ ।

  













2146175 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top