म उपाधि जित्न बार्सिलोना आएको हुँः काउटिन्हो
खेलकुद


म उपाधि जित्न बार्सिलोना आएको हुँः काउटिन्हो

खेलकुद 38 पटक पढिएको प्रकाशित मिति:



म उपाधि जित्न बार्सिलोना आएको हुँः काउटिन्हो

काठमाडौं : ब्राजिलियन फुटबलर फिलिप काउटिन्होले आफू उपाधि जित्न बार्सिलोना आएको बताएका छन् ।
काउटिन्हो लिभरपुलबाट क्याटलोनिया आएका छन् । उनले भने, सबैलाई थाहा छ कि म बार्सिलोना आउन चाहन्थेँ । समरमा सम्भव भएन तर, विन्टरमा सफल भयो ।’
‘म साँच्चै ठूला उपाधि जित्न चाहन्छु । यहाँ आउनुको एउटा कारण यो पनि हो ।’
बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले काउटिन्होलाई कुन पोजिसनमा खेलाउँछन् अझै प्रष्ट भएको छैन । तर, काउटिन्हो भने जुन पोजिसनमा पनि खुसी छन् ।
प्रशिक्षकले जहाँ भन्छन्, त्यही पोजिसनमा खेल्छु, उनले भने, बार्सिलोनामा सबै कुरा भिन्न छ । मलाई लाग्छ धेरै समय देब्रेमा खेल्नुपर्छ । तर, म त्यसलाई आत्मसाथ गर्छु ।’
उनी बार्सिलोना आएको एक महिना पनि भएको छैन र भर्खर उनले खेल्न थालेका छन् । तर, बार्सिलोना आउने आफ्नो निर्णय सही भएको उनलाई लागेको छ ।
एक टीभी अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी मेस्सी र स्वरेजको नजिक बस्छौं । यो सुखद हो कि उनीहरुले मलाई स्वागत गरे ।’ साभार अनलाईन खबर



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT

English News



1374777 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top