सन्तपुरको नमुना बस्ति समुदायलाइ हस्तान्तरण धुर्मुस सुन्तलीले बनाएको बस्ति राष्ट्रपती द्धारा उद्घाटन
समाज


सन्तपुरको नमुना बस्ति समुदायलाइ हस्तान्तरण धुर्मुस सुन्तलीले बनाएको बस्ति राष्ट्रपती द्धारा उद्घाटन

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



सन्तपुरको नमुना बस्ति समुदायलाइ  हस्तान्तरण  धुर्मुस सुन्तलीले बनाएको बस्ति राष्ट्रपती द्धारा  उद्घाटन

रौतहट २३ माघ // रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुना बस्ति समुदायलाइ हस्तान्तरण गरीएको छ ।

मंगलवार एक कार्यक्रमका बिच बाढी पिडितहरुका लागी निमार्ण गरीएको एकिकृत नमुना सन्तपुर बस्ति राष्टपती बिधादेवी भण्डारीले उद्घाटन गरेकी छिन ।

राष्टपती बिधादेवी भण्डारीले नमुना बस्तिको मुख्य द्धारमा  रिवन काटेर उद्घाटन गर्दै बस्तिको साचो निमार्ण समितीका अध्यक्ष सत्यनारायण माझी मुसहरलाइ बुझाएर हस्तान्तरण गरीएको छ ।

 राष्टपती भण्डारीले वालमैत्री, अपाग मैत्री र वाताबरण मैत्री सुन्दर बस्ति निमार्ण गरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेशन लाइ धन्यवाद दिएकी छिन ।

उनले क्रमस फुसको घरहरुलाइ बिस्तापित गर्दै सवै नेपालीलाइ न्यूनतम सुबिधायुक्त आवासको व्यवस्थागर्नु सरकारको कर्तव्य भएको बताएकी छिन ।

आफ्नो क्षमताले भ्याएसम्म प्रत्येक नागरीक बिकासको महा अभियानमा लाग्नुपर्ने बताउदै  सरकार समुदायमैत्री बन्नु पर्नेमा र समुदाय तथा सरकार बिच समन्वय हुनुपर्ने समेत उनको भनाइ छ ।

बरिष्ठ कलाकार हरीवंश आचार्यले राम्रो काम गर्ने मानिस कहिल्यै नमर्ने भन्दै धुर्मुस सुन्तलीले मानविय सेवा गर्ने सपनालाइ पुरा गर्दै आएको बताएका छन । 

चाडपर्वको बिचमा पर्वहरु नमनाउदै हरेक दिन पर्व नै आएको महशुस गर्दै, हरेक दिन उत्सव जसरी मनाउदै एकसय १५ दिनमा बस्ति हस्तान्तरण गर्न पाएको मा सवैभन्दा ठुलो पर्व र खुशीको दिन भएको फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले अनुभाव सुनाएका छन ।

 बस्ति निमार्ण गर्दा आफुले आफैलाइ बिर्सेर काम गरेको र यसरी नै सरकारले देश विकासका लागी  काम गर्दीएको भए आज  यस्ता चार वटा नमुना बस्ति ठड्याउनु पर्ने अवस्था नै आउने थिएन होला भन्दै काममा बिश्वास गर्न समेत उनले सवै संग आग्रह गरेका छन ।

कुनै दिन १७ सय रुपैया खल्तीमा बोकेर राजधानी छीर्दा कुनै सपना र योजना नरहेको बताउदै कलाकार कट्टेलले पबित्र उदेश्य र निस्वार्थ भावना लिएर अगाडी बढ्दा सहयोगी हातहरु धेरै पाइने र एक व्यक्तिले थालेको अभियानमा दुइबर्षको छोटो अवधीमा चार वटा बस्ति निमार्णमा १७ करोड भन्दा बढी असाधारण आर्थीक सहयोग जुटेको अनुभव उनको छ ।

सरकारले आफुहरुलाइ सरसफाइ दुत र पुर्ननिर्माण दुतको सम्मान दिएको बताउदै आफुहरु नाम र पद भन्दा पनि काममा रमाउन चाहाने भएकाले सरकारले काम दिनुपर्ने उनले बताएका छन ।

यो काम सरकारलाइ चुनौती नभइ विपतको घडीमा आम नेपालीले गर्नुपर्ने कर्तव्य र सरकारलाइ सहयोग गरेको उनले बताएका छन ।

आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेशनले नमुना नेपाल निमार्ण गर्ने जानकारी दिदै नमुना नेपाल त हामी बनाउछौ तर साच्चिकै समृद्ध नेपाल सरकारले बनाओस भन्ने आफुहरुको चाहाना रहेको धुर्मुसको भनाइ छ ।

फाउन्डेशनकी उपाध्यक्ष तथा हास्य कलाकार कुन्जना घिमिरे सुन्तलीले फाउन्डेशनले निमार्ण गरेको चार वटा एकिकृत नमुना बस्तिहरु र त्यस बस्तिमा आएको सकारात्मक परीवर्तनले मानविय सेवामा अझै सकृय रहनका लागी प्रेरीत गरेको बताएकी छिन ।

५ करोड ९५ लाखको लागतमा निमार्ण भएको  नमुना बस्तिमा ४७ वटा आवसिय घर ,  वाल विकास बिधालय, बाल उधान, सार्वजनिक शौचालय, मन्दिर , भ्यू टावर , खानेपानीको धारा, बाटो निमार्ण गरीएको छ ।

गएको असोज २८ गते बाट निमार्ण थालिएको नमुना बस्ति एकसय १५ दिनमा समुदायलाइ हस्तान्तरण गरीएको हो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1714016 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top