सांसदलाई धम्क्याएर दुई करोड माग्ने पक्राउ
समाज


सांसदलाई धम्क्याएर दुई करोड माग्ने पक्राउ

समाज 46 पटक पढिएको प्रकाशित मिति:



सांसदलाई धम्क्याएर दुई करोड माग्ने पक्राउ

पोखरा : प्रदेश सांसद बिन्दुकुमार थापालाई अपहरण गरी फिरौती असुल्न खोज्ने ४ जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको छ ।
निर्वाचनमा विजय भएलगत्तैदेखि मनोज पुनको नाम लिएर थापालाई धम्क्याउँदै दुई करोड रुपैयाँ असुल्न खोज्ने स्याङ्जाका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलमा एमालेका २ जना युवा नेता हत्याको जिम्मेवारी लिएका मनोज पुनको नाम लिएर स्याङ्जा टक्सारका शंकर भनिने नलबहादुर गुरुङ, आशीष खड्कालगायतले सांसद थापासँग १ महिनादेखि पैसा मागिरहेका थिए ।
उनीहरूविरुद्ध बुधबार सांसद थापाले कास्की प्रहरीमा शरीर बन्धक तथा अपहरणसम्बन्धी आरोपसहित उजुरी दर्ता गराएका छन् । प्रहरी उजुरीमा उल्लेख मुद्दामा कास्की अदालतबाट थुनामा राख्ने समय मागी गुरुङलगायतमाथि अनुसन्धान थालिसकेको छ ।
सुरुमा मनोज पुन भन्ने आफ्ना पुराना व्यावसायिक साझेदार ठानेर बेवास्ता गरेकोमा पछि बुटवलमा नेताहरूको हत्या गर्नेचाहिँ भन्दै गुरुङले फोनबाट धम्क्याउन थालेपछि प्रहरीमा जाहेरी दिएको सांसद थापाले सुनाएका छन् । ‘कहिले इन्डियाको बाट त कहिले नेपाल नम्बरबाट फोन गरिरहन्थे,’ थापाले भने, ‘पोखराको लेकसाइडमै बसेर योजना बनाएका रहेछन् ।’ थापाले आफूसँग २ करोड र व्यवसायी कालु गुरुङसँग १० करोड त्यही समूहले मागेको पनि उल्लेख गरेका छन् । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले यसबारे जानकारी दिन मानेनन् ।

सांसद थापा पोखराकै चर्चित घरजग्गा व्यवसायी हुन् । त्यसबाहेक उनको लगानी यहाँको सबैभन्दा ठूलो व्यापारिक कम्प्लेक्स र बैंकलगायतमा पनि लगानी छ । साभर अन्नपुर्ण



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 NEXT

English News



1265431 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top